माघ ८, काठमाडौँ | कोरोना भाइरसको तेस्रो लहरमा मृत्यु हुनेमा अधिकांश खोप नलगाउनेहरु रहेको पाइएको छ । अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएकाहरुको मृत्यु भएको तथ्यांकले देखाएको हो ।

वीर अस्पतालस्थित कोरोना युनिफाइड केन्द्रीय अस्पतालका अनुसार संक्रमणले पछिल्लो तीन दिनमा मृत्यु भएका पाँच जनाले नै कोरोनाविरुद्धको खोप नलगाएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार अन्य स्वास्थ्य संस्थामा समेत खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका वा अरू रोग लागेका संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको डेल्टा भेरिएन्टको दाँजोमा ओमिक्रोन संक्रमणमा मृत्यु दर कम रहेको छ । तेस्रो लहर सुरु भएयता शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

मृत्यु हुनेमा ८८ दशमलब २३ प्रतिशत खोप नलगाएकाहरु छ । शुक्रबारसम्मको तथ्यांक अनुसार हाल देशभर १ सय ९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचार भैरहेको छ । काठमाडौँ उपत्यकामा ६३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Related News