2026-09-19 09:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेस्रो चरणको कोरोनाका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका संक्रमित

माघ ९, काठमाडौँ | लगातार बढिरहेको कोरोना भाइरसका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका १८ वर्षमुनिका संक्रमित हुन थालेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई सातादेखि बालबालिकामा संक्रमण बढ्ने क्रम जारी भएको जनाएको छ। पछिल्लो २४ घन्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा तीमध्ये ५सय भन्दा बढी बालबालिका संक्रमित भएका छन्।

शनिबार ५ सय ७९ जना बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। ७ माघ ७ गते १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ सय ७६ बालबालिका संक्रमित भएका थिए । त्यस्तै माघ ६ गते देशभर १२ हजार ३ सय ३८ जना संक्रमति हुँदा ५ सय ९३ बालबालिका संक्रमित थिए।

त्यस्तै माघ ५गते ५ सय ८१ बालबालिकामा संक्रमण देखिएको थियो, जब कि त्यस दिन कुल संक्रमितको संख्या ११ हजार ३ सय ५२ थियो। यसबाहेक माघ ४ गते देशभर कुल संक्रमित १० हजार २५८ हुँदा संक्रमित बालबालिकाको संख्या ५ सय ४१ थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार माघ ३ गते मा ३ सय ७२ बालबालिका संक्रमित भएका थिए  भने माघ २ गते ३ सय २३ मा संक्रमण देखिएको थियो। त्यस्तै माघ १ गते २ सय ७८ र ३० पुसमा २ सय ९९ जना बालबालिकामा संक्रमण पुष्टि भएको थियो।

तेस्रो लहर सुरु भएयता पछिल्ला दुई सातादेखि देशभर संक्रमित बालबालिकाको संख्या बढ्न थालेको हो। त्यसअघि दैनिक औसत २५ जनामा सीमित रहेको बालबालिका संक्रमण गत दुई सातादेखि लगातार उकालो लागेको छ। नेपालमा ओमिक्रोनको संक्रमण फैलिएसँगै पुस अन्तिमबाट बालबालिकामा पनि संक्रमण बढ्न थालेको मन्त्रालयको तंथ्याकले देखाउँछ।

२५ पुसमा ७५ जना बालबालिकामा संक्रमण देखिए पनि २६ पुसमा एकैदिन एक सय १६ जनामा देखिएको थियो । त्यसयता संक्रमणदर लगातार बढ्दै गइरहेको छ। नयाँ पत्रिका दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो