२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यकर्मी धमाधम बिरामी, सेवा प्रभावित

९ माघ २०७८, आईतवार ०५:२२

माघ ९, काठमाडौँ | कोरोना संक्रमणले स्वास्थ्यकर्मी बिरामी परेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ। गण्डकीका विभिन्न अस्पतालमा कार्यरत झन्डै तीनसयजना स्वास्थ्यकर्मी बिरामी परेका छन्। स्वास्थ्यकर्मी बिरामी परेपछि जिल्लास्थित कतिपय अस्पतालले बहिरंग सेवा (ओपीडी) सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्तकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार अहिलेसम्म सबैगरि दुई सय ९० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।। पछिल्लो दुई साताको अवधिमा ती स्वास्थ्यकर्मी बिरामी परेको शर्माले बताए। हिमाली जिल्ला मनाङमा बाहेक अहिले सबैजसो जिल्लाका स्वास्थ्यकर्मी बिरामी परेका छन्।

‘सबैजसो जिल्लामा संचालित निजी तथा सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अहिले बिरामी परेका छन्। त्यसले उपचारमा समेत अप्ठेरो परेको छ,’ शर्माले भने, ‘स्वास्थ्यकर्मी बिरामी नपरेको कुनैपनि अस्पताल बाँकी छैन।’

उनका अनुसार स्वास्थ्यकर्मी बिरामी परेपछि म्याग्दीको बेनी अस्पतालको ओपीडी सेवा नै बन्द हुने अवस्था आएको छ। त्यहँका २२ जना स्वास्थ्यकर्मी बिरामी परेका छन्। त्यस्तै नवलपुरको मध्यबिन्दु अस्पतालको सेवा पनि स्वास्थ्यकर्मी बिरामी भएपछि प्रभावित भएको उनले बताए।

‘दिनहुँ संक्रमित बढिरहँदा स्वास्थ्यकर्मी पनि बिरामी परेका छन्। त्यसले गर्दा सेवा नै प्रभावित भएको छ,’ उनले भने।

शर्माले जिल्लास्थित सरकारी अस्पतालका स्वास्थ्यकर्मी बिरामी परेपछि सर्वसूलभ शुल्कमा उपचार गराउने सर्वसाधारण बिरामी बढी मर्कामा पर्छन्। स्वास्थ्यसेवा प्रभावित नहोस भनेर सकेसम्म व्यवस्थापनको प्रयास गरेको शर्माले बताए।

‘अन्तिम अवस्थामा मात्र सेवा रोक्ने हो। नत्र अस्पताल बन्द गर्न नपरोस भन्नेमा हामी सचेत छौ,’ उनले भने, ‘व्यवस्थापन गर्दागर्दै नसकेको अवस्थामा मात्र सेवा रोक्नुपर्ने अवस्था आउँछ। त्यो पनि लामो समयका लागि बन्द हुँदैनन्।’

प्रदेशको सबैभन्दा ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका ७० जना स्वास्थ्यकर्मी बिरामी परेको निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार अस्पतालका संक्रमित ७० जना स्वास्थ्यकर्मी मध्ये २८ जना डाक्टर रहेका छन्। अरु नर्स सहितका स्वास्थ्यकर्मी रहेका छन्। सबैजसो विभागका स्वास्थ्यकर्मी बिरामी परेको उनले बताए। सबैभन्दा बढी हाडजोर्नी विभागमा रहेका १० जनामध्ये नौजना स्वास्थ्यकर्मी बिरामी परेपछि सेवा नै प्रभावित भएको छ।

‘ड्यूटी गर्ने समेत स्वास्थ्यकर्मी नभएपछि अरु विभागबाट ल्याएर काम चलाउनुपरेको छ,’ खत्रीले भने, ‘अहिले अस्पतालमा कोरोनाका बिरामी ३० जना भर्ना भएका छन। तर, अस्पतालका ७० जना स्वास्थ्यकर्मी बिरामी परेका छन्।’

ड्यूटीमा रहने स्वास्थ्यकर्मी नै अभाव भएपछि सबैभन्दा बढी सकस भएको उनले बताए। उनका अनुसार प्रसूती विभागका ११, एनेस्थेसीयाका ८, अर्थोपेडिक र सर्जरीका ५ मेडिकलका ३ जना चिकित्सक बिरामी परेका छन्। ‘दिनहुँ ठूलो संख्यामा बिरामी उपचारका लागि आउने अस्पताल हो। तर, अहिले स्वास्थ्यकर्मी बिरामी परेपछि समस्या भएको छ,’ उनले भने।

उनका अनुसार अवस्था सामान्य भएका बिरामी स्वास्थ्यकर्मीलाई तीन दिनमै काममा फर्काइएको छ। लामो बिदा पनि स्वास्थ्यकर्मीलाई नदिएको उनले बताए। गम्भिर अवस्था नआएमा सातदिनमा काममा फर्किन भनेको उनले बताए। यो अस्पतालमा सबैगरि करिब ६ सय जना स्वास्थ्यकर्मी रहेको खत्रीले बताए। पाँच सय शैयाको यो अस्पताल प्रदेशकै सबैभन्दा ठूलो हो। सामान्य अवस्थामा यो अस्पतालमा दिनमा एक हजार बढी सर्वसाधारण ओपीडीमा परीक्षण गराउन आउँछन्। नागरिक दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की