2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट

माघ ९, गलकोट | धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ ।
अहिले उत्कृष्ट भएको अस्पताल गत आव र गत असारमा भएको सर्वेक्षणका क्रममा समेत  अस्पताल उत्कृष्ट घोषण भएको थियो । धवलागिरि , गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अङ्क प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शय्याको अस्पतालमध्ये धवलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज शर्माले जानकारी दिनुभयो ।
उहाँसहितको समूहले धवलागिरि अस्पतालमा स्वास्थ्यकर्मीसँगको अन्तक्र्रियाका क्रममा अस्पतालले आफ्ना कमी–कमजोरी सुधार गर्दै न्यूनतम स्वास्थ्य मापदण्ड बढाउँदै लगेको, अहिलेसम्म निरन्तर उत्कृष्ट हुँदै आएको र यसपटक न्यूनतम स्वाथ्य मापदण्डका आधारमा ८४ अङ्क प्राप्त गरेको जानकारी गराएका थिए । विसं २०७७ का आवमा गरिएको एक सर्वेक्षणमा ६६ अङ्क प्राप्त गरेको सो अस्पतालले २०७८ असारमा गरिएको सर्वेक्षणमा ७३ अङ्क प्राप्त गरेको थियो । पुस मसान्तसम्म अस्पतालको अवस्थाको सर्वेक्षणका आधारमा ८४ अङ्क प्राप्त गर्दै  गण्डकी प्रदेशमै उत्कृष्ट भएको हो ।  सुरुको सर्वेक्षणमा न्यूनतम स्वास्थ्य मापदण्डका कमी–कमजोरीलाई सुधार गर्दै गएका कारण निरन्तर सर्वेक्षणको अङ्क बढाउदै उत्कृष्ट भएको धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।
“निरन्तरको सर्वेक्षण, सुझाव र छलफलबाट अस्पतालको विभिन्न विभागलाई सुधार गर्दै लगिरहेका छौँ । जस्तै फोहरको वैज्ञानिक व्यवस्थापन, बरिरङ्ग सेवा, इमर्जेन्सी विभाग र विपद् व्यवस्थापनमा धेरै परिवर्तन गरेका छौँ”, उहाँले भन्नुभयो, “ अस्पतालले जनताको स्वास्थ्य सेवामा क्रमशः गुणस्तर वृद्धि गराउँदै लैजाँदाको परिणाम नै प्रदेशकै उत्कृष्ट अस्पताल बन्नु हो ।” सर्वेक्षणमा अस्पतालका स–साना कमी–कमजोरी खोतल्ने र सुधारका लागि सुझाव दिने काम भइरहेको छ ।
सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा गरिएको मूल्याङ्कनका आधारमा सो अस्पताल उत्कृष्ट हुँदै आएको छ । तीन विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अङ्क प्रदान गरिन्छ । सो अस्पतालको न्यूनतम सेवा मापदण्डको चालु आवमा स्थलगत अनुगमन गरिएको थियो । प्रत्येक पटकको सर्वेक्षणमा अस्पतालको न्यूनतम सेवा मापदण्डअनुसारका काम भए÷नभएको र देखिएका कमी–कमजोरीलाई सुधार्न सल्लाह दिँदै आएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले दिएको सुझावअनुसार अस्पतालको सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा र चुस्त व्यवस्थापन गर्दै आएको धवलागिरि अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले