Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, कस्तो छ स्वास्थ्य ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ। उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ।

दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ। प्रचण्डको स्वकीय सचिव गंगा दाहालले कोरोना संक्रमण देखिएपछि सीता दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको जानकारी दिएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘ममीलाई कोरोना पोजेटिभ देखिएपछि विगत ३ दिनदेखि अस्पताल भर्ना गरिएको छ। चिकित्सकका अनुसार ममीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र केही दिन अस्पताल मै राखेर उपचार गर्नुपर्ने छ।’

यसअघि अध्यक्ष प्रचण्डलाई पनि संक्रमण भएको थियो। उनी संक्रमणमुक्त भइसकेका छन्।