२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा भेटियो ओमिक्रोनको नयाँ सहप्रजाति

९ माघ २०७८, आईतवार ०७:५५

एजेन्सी | बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् । उक्त भेरियन्टले महामारी कुन दिशामा जान्छ भन्ने यकिन हुने वैज्ञानिकहरुको भनाई छ ।

हालका महिनामा बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट मुख्य रहेको छ । तर बेलायतका स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको यो नयाँ भेरियन्टबाट संक्रमित सयौँ केसहरु फेला पारेका छन् । यूके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) ले बेलायतमा यस भेरियन्टबाट संक्रमित ४ सयभन्दा बढी केसहरु फेला पारेको जनाएको छ । एजेन्सीले भारत, डेनमार्क र स्वीडेनलगायत अन्य ४० देशमा पनि यो भेरियन्ट फैलिसकेको संकेत गरेको छ ।

यूकेएचएसएले नयाँ बीए.२ भेरियन्टबारे वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेको बताएको छ । हाल बीए.१ कै फैलावट बेलायतमा सबैभन्दा धेरै रहेको एजेन्सीको पनि भनाइ छ । फ्रान्सका महामारी रोग विशेषज्ञ एन्टोनी फ्लाहल्टले एएफपीसँग कुरा गर्दै एसियामा नयाँ भेरियन्टको फैलावटको दरले आफू चकित बनेको बताए । वैज्ञानिकहरुले भाइरसको म्युटेसनलाई अझै मूल्यांकन गर्नुपर्ने हुन्छ । भाइरसको जिनोममा भएको परिवर्तनका बारेमा अझै पनि अनिश्चितता रहेको एजेन्सीले जनाएको छ । बीए.२ लाई अझै भेरियन्ट अफ कन्सर्न भनिएको छैन ।  तर, फ्लाहल्टले यसबारे सबैजना सचेत हुनुपर्ने र वैज्ञानिकहरुले अध्ययन गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य