2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा भेटियो ओमिक्रोनको नयाँ सहप्रजाति

January 23, 2022

एजेन्सी | बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् । उक्त भेरियन्टले महामारी कुन दिशामा जान्छ भन्ने यकिन हुने वैज्ञानिकहरुको भनाई छ ।

हालका महिनामा बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट मुख्य रहेको छ । तर बेलायतका स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको यो नयाँ भेरियन्टबाट संक्रमित सयौँ केसहरु फेला पारेका छन् । यूके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) ले बेलायतमा यस भेरियन्टबाट संक्रमित ४ सयभन्दा बढी केसहरु फेला पारेको जनाएको छ । एजेन्सीले भारत, डेनमार्क र स्वीडेनलगायत अन्य ४० देशमा पनि यो भेरियन्ट फैलिसकेको संकेत गरेको छ ।

यूकेएचएसएले नयाँ बीए.२ भेरियन्टबारे वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेको बताएको छ । हाल बीए.१ कै फैलावट बेलायतमा सबैभन्दा धेरै रहेको एजेन्सीको पनि भनाइ छ । फ्रान्सका महामारी रोग विशेषज्ञ एन्टोनी फ्लाहल्टले एएफपीसँग कुरा गर्दै एसियामा नयाँ भेरियन्टको फैलावटको दरले आफू चकित बनेको बताए । वैज्ञानिकहरुले भाइरसको म्युटेसनलाई अझै मूल्यांकन गर्नुपर्ने हुन्छ । भाइरसको जिनोममा भएको परिवर्तनका बारेमा अझै पनि अनिश्चितता रहेको एजेन्सीले जनाएको छ । बीए.२ लाई अझै भेरियन्ट अफ कन्सर्न भनिएको छैन ।  तर, फ्लाहल्टले यसबारे सबैजना सचेत हुनुपर्ने र वैज्ञानिकहरुले अध्ययन गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक