२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलो, ८० किमी प्रतिघन्टाको रफ्तारमा चलेको हावाले झनै समस्या

९ माघ २०७८, आईतवार १०:३२

माघ ९, काठमाडौँ | एजेन्सी | अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलोले बिग सुर क्षेत्रको जंगललाई आफ्नो चपेटामा लिएको छ ।

आगो  तीव्र वेगमा फैलिएकाले पुरै इलाकालाई खाली गराएर मुख्य सडकलाई  समेत बन्द गरिएको छ । डढेलो शुक्रबारबाट लाग्न सुरु भएको थियो । यसपछि ८० कलिमिटर प्रति घन्टाको तेज हावाका कारण यो क्यालिफोर्नियाको समुद्री तट सम्म फैलिएको छ ।

क्यालिफोर्नियाको वन विभागका प्रवक्ता सेरिस जूलियटले डढेलोका कारण ६ किलोमिटर क्षेत्रको इलाकामा रुख जलेको बताइन् ।

तेज हावाका कारण डढेलो पनि तीव्र दरमा फैलिरहेको छ । कार्मेल र बिग सुरकाबीच  कम जनसंख्या भएको क्षेत्रलाई खाली गराइएको छ ।

सरकारी र गैर सरकारी एनजीओ मिलेर डढेलोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । हालसम्म ५ प्रतिशत  आगो मात्रै नियन्त्रणमा लिइएको छ ।

उद्धारकार्यमा समस्या :

बिग सुरमा सन् २०१७ र गत वर्ष पनि ठूलो वर्षाका कारण सडक बगेको थियो । यसैबीच यहाँ निकै सावधानीका साथ काम भइरहेको छ । यसबाट राहत कार्यमा अझ धेरै समय लागेको छ । यद्यपि पछिल्लो समयमा आएर  हावा चल्न बन्द भएको छ । यसले अग्नी नियन्त्रकहरुलाई सहयोग भएको छ ।

क्यालिफोर्नियाको सोनोम काउन्टीमा अग्नी नियन्त्रकहरुले ५ एकर जमिनमा लागेको डढेलो निभाएका छन् । तर सिएरा नेवादा र किर्कवुड माउन्टेन रिसोर्टमा २२६ किमी रफ्तार प्रतिघन्टाको दरमा हावा चलिरहेको छ । यसले यहाँ डढेलो नियन्त्रण गर्नमा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य