२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोटेश्वरबाट पठाओ राइडरलाई अपहरण गरेर मोटरसाईकल लुटपाट

९ माघ २०७८, आईतवार १०:३९

माघ ९, काठमाडौँ | काठमाडौँको कोटेश्वरबाट गएराति पठाओ राइडरलाई अपहरण गरेर अपरिचित युवाहरुले मोटरसाइकल लुटेका छन् । अपहणकारीले कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर राइडरको हाँतखुट्टा तथा मुखमा टेप बाँधेर मोटरसाइकल लुटेका हुन् ।

लुटमा संलग्न दुईजनालाई कलंकीबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले  बताए । अनुसन्धान भइरहेको भन्दै प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरे नेतृत्वको टोलीले आरोपीहरुलाई मोटरसाइकल बेच्न लागेको अवस्थामा पक्राउ गरेको हो ।

गएराति १२ बजे एकजना युवक कोटेश्वरबाट पठाओ चढेर गएका थिए । उनले साथीलाई धापाखेलमा बोलाएर योजनाबद्ध रुपमा लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।धापाखेलस्थित एकान्त ठाउँमा लगेपछि आरोपीहरुले राइडरको हातखुट्टा डोरीले र मुखमा टेप बाँधेर बोल्न नसक्ने बनाएर छाडेका थिए । बन्धक बनाएर साथमा रहेको ८ हजार नगद र मोटरसाइकल लिएर उनीहरु भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै