२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोटेश्वरबाट पठाओ राइडरलाई अपहरण गरेर मोटरसाईकल लुटपाट

९ माघ २०७८, आईतवार १०:३९

माघ ९, काठमाडौँ | काठमाडौँको कोटेश्वरबाट गएराति पठाओ राइडरलाई अपहरण गरेर अपरिचित युवाहरुले मोटरसाइकल लुटेका छन् । अपहणकारीले कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर राइडरको हाँतखुट्टा तथा मुखमा टेप बाँधेर मोटरसाइकल लुटेका हुन् ।

लुटमा संलग्न दुईजनालाई कलंकीबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले  बताए । अनुसन्धान भइरहेको भन्दै प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरे नेतृत्वको टोलीले आरोपीहरुलाई मोटरसाइकल बेच्न लागेको अवस्थामा पक्राउ गरेको हो ।

गएराति १२ बजे एकजना युवक कोटेश्वरबाट पठाओ चढेर गएका थिए । उनले साथीलाई धापाखेलमा बोलाएर योजनाबद्ध रुपमा लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।धापाखेलस्थित एकान्त ठाउँमा लगेपछि आरोपीहरुले राइडरको हातखुट्टा डोरीले र मुखमा टेप बाँधेर बोल्न नसक्ने बनाएर छाडेका थिए । बन्धक बनाएर साथमा रहेको ८ हजार नगद र मोटरसाइकल लिएर उनीहरु भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य