भदौ ९, झापा । पौराणिक कथामा अदृश्य शक्तिको चर्चा सुन्न पाइन्छ । पछिल्लो समय निर्माण भइरहेका ‘थ्रिडी’ चलचित्रमा अदृश्य शक्ति तथा भूतप्रेतका गतिविधिजस्ता घटना अहिले झापा ज्यामिरगढीका नागरिकले प्रत्यक्ष भोगिरहेका छन् । 

स्थानीय ज्यामिर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, झापा । पौराणिक कथामा अदृश्य शक्तिको चर्चा सुन्न पाइन्छ । पछिल्लो समय निर्माण भइरहेका ‘थ्रिडी’ चलचित्रमा अदृश्य शक्ति तथा भूतप्रेतका गतिविधिजस्ता घटना अहिले झापा ज्यामिरगढीका नागरिकले प्रत्यक्ष भोगिरहेका छन् । 

स्थानीय ज्यामिर"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदृश्य शक्तिले ढुङ्गा बर्साउँदा झापामा ३ जना घाइते

९ भाद्र २०७३, बिहीबार ११:२५

भदौ ९, झापा । पौराणिक कथामा अदृश्य शक्तिको चर्चा सुन्न पाइन्छ । पछिल्लो समय निर्माण भइरहेका ‘थ्रिडी’ चलचित्रमा अदृश्य शक्ति तथा भूतप्रेतका गतिविधिजस्ता घटना अहिले झापा ज्यामिरगढीका नागरिकले प्रत्यक्ष भोगिरहेका छन् । 

स्थानीय ज्यामिरगढी–९ गोमनसरीमा एक सातायता चारवटा घरमा ढुङ्गा बर्सिन थालेपछि सर्वसाधारण आतङ्कित भएका हुन् । एक स्थानीयवासीले भने – “सुरुमा एउटै घरमा मात्रै ढुङ्गा बर्सिन्थ्यो, अहिले चारवटा घरमा पालैपालो बर्सिन थालेको छ ।” 

नागपञ्चमीका दिन बेलुका ६:३० बजे स्थानीय विमला निरौलाको घरमा ढुङ्गा बर्सिएको थियो तर अहिले नरबहादुर निरौला, कमल निरौला, तुलसा बढाथोकीका घरमा पनि ढुङ्गा बर्सिन थालेको छ । 

ढुङ्गाले लागेर स्थानीयवासी तुलसा बुढाथोकी, तारा निरौला र मञ्जु कार्की घाइते भएका छन् । अदृश्य रुपमा आउने ढुङ्गाले आतङ्कित बनेपछि सतीघट्टा प्रहरी चौकीका इञ्चार्जको टोलीले सुरक्षा दिइरहेको छ । 

दैनिकजसो भेला भएका स्थानीयवासीले ढुङ्गा कहाँबाट कसले हान्छ भन्ने विषयमा खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय धामी दीर्घबहादुर बुढाथोकीले ढुङ्गा भूतप्रेतले हानेको दाबी गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य