Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बालबालिका लक्षित २३ लाख ४० हजार मोर्डना खोप नेपाल आउँदै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ११, काठमाडौँ | कोरोना विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप आज नेपाल आउँदै छ। आज २३ लाख ४० हजार डोज खोप नेपाल आउन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले बताए।

यसअघि हिजो पनि १६ लाख ६० हजार डोज मोर्डना खोप आइसकेको छ। यो खोप सरकारले विश्व बैंकको पहलमा खरिद गरेको उनले बताए।

सो खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था भने सरकारले आफैं गर्ने बताइएको छ। सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको छ। यसअघि पनि नेपालमा ३८ लाख मोडर्ना खोप आइसकेको छ।