२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन देशमा मृत्यु सबैभन्दा सहज ? ८१ देशको सूचीमा ब्रिटेन सबैभन्दा अगाडि, नेपाल कतिमा ?

११ माघ २०७८, मंगलवार ०६:०१

माघ ११, काठमाडौँ | एजेन्सी | विश्वमा जीवनलाई मात्रै होइन, मृत्युलाई पनि उत्तिकै महत्त्व दिने गरिन्छ । सबै व्यक्तिले राम्रो जिन्दगी र शान्तिले प्राण जाओस् भनेर प्रार्थना गर्ने गर्छन् । जुन देशको आर्थिक अवस्था राम्रो छ ति देशहरुमा मानिसको मृत्यु पनि सहज नै हुन्छ तर, गरिब देशहरुमा व्यक्तिको मृत्यु भने पीडादायी हुने गरेका थुप्रै उदाहरणहरु छन् । वैज्ञानिकहरुले हालै क्वालिटी अफ डेथ एण्ड डायिङ  इन्डेक्स २०२१ मार्फत विश्वमा सहज मृत्यु भएका देशहरुको बारेमा बताएका छन् । 

उक्त सूची अमेरिकाको ड्युक युनिभर्सिटीले अनुसन्धानमार्फत तयार पारेको हो । यसमा विश्वभरका ८१ देशमा जिन्दगीको आखिरी दिनहरुमा हुने हेरचाहको आधारमा ए, बी, सी, डी, ई र एफ ग्रेड दिइएको छ । रिपोर्टका अनुसार केवल ६ देशलाई ए ग्रेड र २१ देशलाई एफ ग्रेड दिइएको छ । 

उक्त इन्डेक्सका अनुसार युनाइटेड किङडम (युके) पहिलो स्थानमा छ । यसका साथै, आयरल्याण्ड, ताइवान, कोस्टा, रिका, दक्षिण कोरिया र अस्ट्रेलियालाई पनि ए ग्रेड दिइएको छ । यी देशहरुमा अन्तिम अवस्थामा पुगेका व्यक्तिहरुको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गर्ने गरिन्छ । 

विश्वका ८१ वटा देशहरुमा प्याराग्वेलाई ८१ औं स्थानमा राखिएको छ । यो देशमा अन्तिम अवस्थामा रहेका व्यक्तिहरुलाई सहज वातावरण प्रदान गरिदैँन । बंग्लादेश, लेबनान, ह्याती, ब्राजिल, सेनेगल, पोर्चुगल, दक्षिण अफ्रिका, आर्मेनिया, अर्जेन्टिना, नेपाल, सुडान, मलेशिया, इथियोपिया र इराक जस्ता देशहरुलाई एफ ग्रेड प्रदान गरिएको छ । 

भारतलाई डी ग्रेड 

उक्त इन्डेक्सका अनुसार भारतलाई डी ग्रेड प्रदान गरिएको छ । भारतका साथै चीन, रुस, ग्रीस, इन्डोनेशिया, चिली, जर्जिया, भियतनाम र मेक्सिकोलाई पनि डी ग्रेड दिइएको छ । यस्तै, अमेरिकालाई सी ग्रेड दिइएको छ । अमेरिकाका साथसाथै कोलम्बिया, म्यानमार, मेक्सिको, थाइल्याण्ड, मिस्ना, घाना, इजराइल, युगान्डा, डेनमार्क र नाइजेरियालाई सी ग्रेड प्रदान गरिएको छ । 

अध्ययनमा संलग्न स्टीफन कोनरका अनुसार राम्रो ग्रेड हुने देशहरुको आर्थिक आम्दानी राम्रो छ । त्यहाँको सरकारले बाँकी देशको तुलनामा नागरिकको स्वास्थ्यमा ध्यान दिएको पाइएको छ । जुन देशको ग्रेड राम्रो छैन ति देशको सरकारले नागरिकको स्वास्थ्यमा ध्यान दिएको पाइदैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण