२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनको ११ अर्ब डलरको पाइपलाइनले कसरी नेटो र ईयूलाई विभाजित गर्दैछ ?

११ माघ २०७८, मंगलवार ०७:०४

एजेन्सी | रुस र जर्मनीबीचको जमिनमुनिको पाइपलाइनले अहिले ठ्याक्कै त्यही काम गर्दैछ, जुन कुरा दुई देशले नकार्दै आइरहेका थिए – भूराजनीतिक सङ्कटमा एउटा हतियार ! सन् २०१५ मा यसको घोषण हुँदा अमेरिका, बेलायत, युक्रेनसहित युरोपियन युनियनका धेरै सदस्य राष्ट्रहरूले यसप्रति आपत्ति जनाएका थिए । यसले युरोपमा मस्कोको प्रभाव बढ्ने उनीहरूले चेतावनी दिएका थिए ।

१२०० किलोमिटर लामो पाइपलाइन गत सेप्टेम्बरमा सम्पन्न भएको थियो । अब यसको अन्तिम अनुमतिको प्रतीक्षा मात्र रहेको छ । यो पाइपलाइन सुरु भइसकेको छैन तर रुस र पश्चिमा राष्ट्रबीच द्वन्द्व चलिरहँदा अहिले नै यसले पारम्परिक गठबन्धनमा फाटो ल्याउन ठूलो ‘हतियार’ को काम गरेको छ । विज्ञहरूले यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ठूलो जीतका रूपमा अर्थ्याएका छन् । अमेरिकाको जर्मन मार्सल फन्डकी सिनियर फेलो क्रिस्टिन बेरजिना पाइपलाइनको विषयमा भएको ‘ड्रामा’ ले मस्कोलाई फाइदा पुगेको बताउँछिन् । ‘नेटो र युरोपियन युनियनको एकता भत्काउन रुसका लागि यो पाइपलाइन ठूलो हतियार बनेको छ,’ उनले भनिन् । 

लामो समयसम्म रुस र जर्मनी दुवैले पाइपलानको केवल व्यावसायिक प्रयोजन भएको र यसले राजनीतिमा प्रभाव नपार्ने बताउँदै आएका थिए । तर मध्य र पूर्वी युरोप जहाँ रुसबाट आउने ग्याँसले ठूलो भूमिका खेल्छ, यो विषय ऊर्जाभन्दा पनि बढी राजनीतिकसँग ठोक्किन्छ । प्राकृतिक ग्याँसको मूल्यमा रेकर्ड वृद्धि भइरहेको अवस्थामा पछिल्लो तनावले यसको मूल्यमा थप वृद्धि हुनेमा युरोपियन प्रयोगकर्ताहरू थप चिन्तित बनेका छन् । 

रुसले ऊर्जाको मद्दतले युरोपमा दबाब बढाउन खोजेको अस्वीकार गरिरहँदा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भने युरोपमा ग्याँसको मूल्य बढ्नुमा मस्कोलाई जिम्मेवार ठहराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान