१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रात्रि क्लबमा ग्याङफाइट : मृत्यु हुने १९ पुगे, नाइट क्लबसहित कारहरु पनि जलाइए

११ माघ २०७८, मंगलवार १०:५५

एजेन्सी | इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्धिपक्षीय भीडन्त (ग्याङफाइट)मा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।

सोमबार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरुबीच झडप भएको थियो । सो झडपमा परी सुरुमा एकजनाको ज्यान गएको थियो ।त्यसपछि त्यहाँ रहेका अरु पनि भिडन्तमा उत्रिएका थिए । सो झडपपछि उक्त क्लबमा आगजनी गरिएको बताइएको छ । त्यसमा परेर १९ जनाको ज्यान गएको र अरु कैयौँ नागरिक घाइते पनि भएका छन् ।

पश्चिमी पपुवा प्रान्तका प्रहरी प्रमुख आदम एर्दिनीले सोमबार मध्यराति देखि झडप सुरु भएको जानकारी दिएका छन् । उनले भनेका छन्– सुरुमा दुईजनाबीचको सामान्य विवादले पछि उग्र रुप लिएको थियो । उनीहरुको आन्तरिक झगडाका कारण त्यहाँ ठूलो संख्याका नागरिकको ज्यान गएको उनले बताए ।

सो रात्रि क्लबको बाहिर पार्किङ गरी राखिएका कारहरुमा पनि आगजनी गरिएको छ । मध्यरातिदेखि नै प्रहरीले सो भीडन्त नियन्त्रणमा लिने प्रयास गरेपनि त्यस अगावै धेरै नागरिकको ज्यान गइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक