Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खोप विरोधी ओलम्पिक गोल्ड मेडलिस्टको कोरोनाबाट मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>एजेन्सी | </b>कोरोना खोपको विरुद्धमा रहँदै आएका हंगेरीका ओलम्पिक गोल्ड मेडलिस्टको ५१ वर्षको उमेरमा कोरोना संक्रमणबाट मृत्यु भएको छ। डिसेम्बरदेखि नै बिरामी परेर भेन्टिलेटरमा राखिएका स्जिलभेस्ज सोलानीको जनवरी २४ का दिन मृत्यु भएको हो।<br></p><p>उनले आफ्नो सामाजिक संजालमा खोप विरोधी धारणा र पोस्टहरु शेयर गर्ने गरेका थिए। ६ पटकसम्म विश्व च्याम्पियन रहिसेकका उनी दुईपटक हंगेरीका नम्बर एक खेलाडीको नाम कमाएका थिए।</p><p>र बिरामी हुनु केही समय अगाडि मात्र उनले जिम्नास्टिक्स कोचका रुपमा काम गर्नका लागि बाध्य भएर खोप लगाउनु परेको थियो। तर पर्याप्त एन्टिबडिज उत्पादन गर्न नपाउँदै उनी बिरामी परेको बताइएको छ।</p>