२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

समवेदनामा दिने ‘भेटी’ व्यवस्थापन गर्न कठिन

२०७८, १२ माघ बुधबार ०५:२४

माघ १२, चितवन | आफन्तको मृत्युपश्चात् समवेदना प्रकट गर्न लगिने भेटी व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । पछिल्लो समय भेटीका रूपमा लगिने समवेदना फ्रेम, फलफूल, चिनी, मिश्रीजस्ता वस्तुको व्यवस्थापन कठिन हुने गरेको हो । खानेकुरा अनाथालय, आश्रममा पठाइने भए पनि समवेदना व्यक्त गरिएका फ्रेम व्यवस्थापन झन्झटिलो बन्ने गरेको हो । तेह्रौँ दिनको कर्मसम्म बाहिर देखाएर राखिए पनि त्यसपछि त्यसको व्यवस्थापन जटिल बन्ने गरेको भुक्तभोगी बताउँछन् । कतिपयले त फ्रेम नल्याउन अनुरोध गर्ने गरेका छन् ।

पण्डित शेखर अर्याल समवेदनाको अर्थ लगाउँदै भन्नुहुन्छ, “सम भनेको बराबर र वेदना भनेको दुःख हो । यसको अर्थ तपाईँहरु बराबर दुःखी छु भन्ने हो ।” त्यही समवेदना प्रकट गर्न जाँदा किरीयापुत्रीले घरका सामग्री निकाल्न अप्ठ्यारो पर्ला भनेर घ्यू, चामल, चिनीजस्ता खाद्यान्न लगिने गरेको उहाँ बताउनुहुन्छ । पछिल्ला दिनमा फ्रेमसहित समवेदनापत्र लग्ने गरिन्छ ।

पण्डित अर्याल गरुडु पुराणमा भेटीका रूपमा के आवश्यक छ, त्यही वस्तु लैजानुपर्ने उल्लेख भएको बताउनुहुन्छ । लगेका वस्तु उपयोगमा नआएर राम्रो व्यवस्थापन नभएमा लैजाने र लिने दुवै दोषी हुने पुराणलाई इङ्गित गर्दै अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “भेटीका रूपमा समर्पण गर्दा आवश्यक नभएको वस्तु लैजानु बेकार हो ।”

सामाजिक अभियानकर्मी मीना खरेलको गत वर्ष आमाको देहावसान हुँदा १७७ फ्रेममा समवेदनापत्र प्राप्त भयो । ती फ्रेम १३औँ दिनपछि व्यवस्थापन गर्न जटिल बन्यो । घरको मन्दिरमा १०० वटा अटे भने बाँकी फ्रेम निकालेर पत्रमात्रै फाइलमा राख्नुपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अपमान गर्न भएन, मेरो त मन्दिर थियो, नहुनेले कहाँ राख्ने ? ।” फ्रेमको सट्टामा समवेदनापत्र मात्रै लैजाँदा उपयुक्त हुने सुझाव उहाँले दिनुभयो । केही थप दिन मन लागे कोषमा राखिदिँदा सदुपयोग हुने उहाँको भनाइ छ । पछिल्ला वर्षमा फ्रेम लैजाने प्रचलन बढेको उहाँ बताउनुहुन्छ । विसं २०६० मा बुवा बित्दा तीनवटा फ्रेम आएकामा अहिले निकै बढी फ्रेम आएको उहाँले जानकारी दिनुभयो ।

डा हरिशचन्द्र न्यौपानेले गत साल आमाको स्वर्गारोहणको बेला समवेदना प्रकट गर्न आउनेलाई फ्रेम नल्याउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “१३औँ दिनपछि आमाको तस्वीरलाई बोरामा राख्दा आमाप्रतिको सम्मान पनि घट्ने र लैजानेहरूप्रति अपमान हुने भएकाले हामीले फ्रेम नल्याउन आग्रह गर्यौँ ।”  कतिपयले न्यौपानेले जस्तै गरी नल्याउन अनुरोध गर्ने गरेका छन् ।

भेटिका रूपमा सङ्कलन हुने फलफूल कुहिएर खेर जाने गरेको पाइन्छ । न्यौपानेले आफ्नोमा सङ्कलन भएका खाद्यान्न मानव सेवासहितका विभिन्न आश्रममा पठाएर सदुपयोग गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भेटीका रूपमा फ्रेमलगायतका सामग्री लैजाँदा पछि व्यवस्थापन गर्न जटिल हुन्छ ।” समवेदना प्रकट खाली हात गएर मौखिकरूपमा व्यक्त गरे हुने न्यौपानेको बुझाइ छ ।

समवेदना व्यक्त गर्न आउनेहरुले भेटीका रूपमा ल्याउने चिनी, मिश्रीजस्ता वस्तु ठूलो मात्रामा सङ्कलन हुने गर्दछन् । त्यस्ता वस्तु सोही घरमा प्रयोग नभई आश्रममा दिने गरिन्छ । कतिपयले पसलमा बिक्रीसमेत गर्ने गर्दछन् । पण्डित अर्याल उपयोग नहुने वस्तु भेटीका रूपमा लैजानुभन्दा खाली हात गएर मौखिकरूपमा समवेदना व्यक्त गर्नु राम्रो हुने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा