2026-06-25 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

वीरगन्जबाट पोखरा जाँदै गरेको बस पल्टँदा १७ जना घाइते

हेटौंडा | हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान करिब ९ः१५ बजे यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्।

वीरगन्जबाट पोखरा जाँदै गरेको ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

दुर्घटनामा परेका सबै घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौंडा अस्पतालमा भर्ना गरिएको छ। घाइते हुनेमा बारा कलैया उपमहानगरपालिका–२३ का ३२ वर्षीय सुरेन्द्र शर्मा, भारतीय नागरिक ४१ वर्षीय रन्जनकुमार सिंह लगायत छन्।

घाइतेमध्ये बारा पर्सैनीकी ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था मध्यम छ।

रातोमाटे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नवीन विक्रम थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलमा उद्धार कार्य गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ