2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब छिट्टै विश्वमा अमेरिकी नेतृत्वको अन्त्य

January 26, 2022

एजेन्सी | विश्व मामिलाको बारेमा कुराकानी गर्दा अमेरिकीका लागि यो द्विविधापूर्ण समय भएको छ । सरकारले एकातिर किन अफगानिस्तानबाट फकिनु प¥यो भनेर बताइहेको छ भने अर्कातिर यूक्रेनका लागि किन खडा हुनु परेको छ भन्ने अवस्था सिर्जना भएको छ ।

हाल अमेरिकीले विदेशमा सेनाहरु कम प्रतिबद्ध देखिएको हेर्न चाहेका छन् भने यसले गर्दा नेटोले केही अप्ठेरो अवस्थाको सामना गरिरहेको छ । 

सीएनएनले तााशाहको संज्ञा दिएको रुस र चीन बढी साहसी भएका छन् र मित्र गठबन्धनको जस्तो व्यवहार देखाइरहेका छन् ।

अमेरिकालाई सुपरपावर  भनिने युगलाई विश्वभरी नै  नयाँ रुपमा परीक्षण गरिँदै छ ।

पूर्वी युरोपः

सोभियत संघको विघटन भएको ठ्याक्कै ३० वर्षपछि रुस यूक्रेनमा घुस्नका लागि झुक्याउने खालको व्यवस्थापन गरिरहेको छ ।  सोभियत संघको विघटन भएपछिको समयमा गठन गरिएको नेटो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शिकार भएको छ ।

बाइडेन प्रशासनले ८,५०० अमेरिकी सेनालाई पूर्वी यूरोपमा परिचालनका लागि उच्च सतर्कतामा राखेको छ । उसले रुसलाई त्यहाँबाट भगाउन र नेटोका मुलुकहरूलाई आश्वस्त पार्नका लागि यसो गरेको हो ।

पश्चिम यूरोप

अमेरिकी प्रभावका लागि सशक्तीकरण गर्नु आवश्यक छ । नेटो मुलुकहरुलाई रुसविरुद्ध एकत्रित गर्न अमेरिकाले पनि उर्जा दलालको भूमिका खेलिरहेको छ । उसले मध्यपूर्व र एसियाबाट इन्धनको सुनिश्चितता गर्न खोजिरहेको छ । जर्मनीमा हुने ग्यास आपूर्तिको सबैभन्दा ठूलो साझेदारको हैसियतबाट हटाउन अमेरिकाले यस किसिमको प्रयास गरेको हो ।

एसिया

चीनले पनि ताइवानको स्वायत्तताको परीक्षण गरिहेको छ । यो स्वशासित टापु लामो समयदेखि स्वशासन मै लोकप्रिय रहँदै आएको छ । केही दिन अघि मात्रै चीनले आफ्ना युद्धक विमान उडाएको थियो ।  । अमेरिका र जापानले आफ्नो शक्ति प्रस्तुत गरेपछि चीनको तर्फबाट पनि यस किसिमको कदम आएको हो । यसैबीच विश्व समुदायबाट एक्लिएको उत्तर कोरियाले पनि आफ्नो मिसाइल परीक्षणलाई निरन्तरता दिँदै आएको छ ।

मध्यपूर्व

अमेरिकी सेनाको आधार रहेको इराक र सिरियामा यो वर्ष आक्रमण भएका छन् । यो साता अमेरिकी प्याट्रियोट मिसाइल प्रतिरक्षा प्रणाली संयुक्त अरब इमिरेट्सँग आबद्ध भएको छ । यमनको हुथिले हान्न सक्ने क्षेप्यास्त्रको प्रतिकार गर्नका लागि यो साझेदारी गरिएको हो ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता फिर्ता लिएपछि इरान  पनि परमाणु हतियार प्राप्त गर्ने सिलसिलामा देखिएको छ ।

अमेरिकी भूमिका

यी सबै घटनाक्रमहरू वर्षौँदेखि हुँदै आएका छन् । तर सवाल के हो भने यसमा आगामी दिनमा अमेरिकी भूमिका के हुन्छ भन्ने हो ।यूक्रेनको पक्षमा उभिनु भनेको अमेरिकी विरोधीहरुले कमजोरीको अर्थ लगाउन सक्छन् ।‘अमेरिकी सत्ताका लागि निर्माणको चुनौती यस्तो समयमा आएको छ जब विदेशमा वासिङ्टन त्यो शक्ति होइन जुन २० औं शताब्दीको उत्तरार्द्धमा थियो भन्ने व्यापक धारणा छ,’ सीएनएनका स्टेफन कोलिनसन लेख्छन् । 

उनी थप्छन्, ‘बाइडेनको अमेरिका पुनः फर्किएको छ भन्ने आश्वासनका बावजुद  गत वर्ष अफगानिस्तानबाट फिर्ता भएपछि यसले अमेरिकी प्रतिस्पर्धी र प्रतिबद्धताको विषयमा सवाल खडा गरेको छ । अमेरिकाका विपक्षीहरुले अमेरिका विदेशमा २० वर्षसम्मको लडार्इंबाट थकित भएको मान्न थालेका छन् ।

पुटिन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यूक्रेनदेखि लिएर सिरिया तथा एसियासम्म संलग्न भएका छन् । पश्चिमा मुलुक पनि रुसका विषयमा पूर्ण रुपमा एकठ्ठा हुन सकेका छैनन् । सीएनएन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक