2026-08-04 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिरोधी क्षमता कमजोर हुनुका यी पाँच संकेत, शरीरमा यस्ता संकेत देखिए तुरुन्त सतर्क हुनुहोस्

माघ १२, काठमाडौँ | एजेन्सी | कोभिड–१९ महामारीको सुरुवातपछि नै ‘इम्युनिटी’, प्रतिरक्षा, रोग प्रतिरोधी क्षमता शब्दको अर्थ धेरैलाई सायद थाहा भइसकेको छ । बलियो इम्युनिटी शरीरले भाइरल, ब्याक्टेरियल, फंगल वा प्रोटोजोआ आदिबाट संक्रमित हुनबाट जोगाउँछ । प्रतिरोधी सेता रक्त कोसिका, लिम्फ नोड्स र एन्टीबडीबाट बन्ने गर्छ जसले शरीरलाई बाहिरी संक्रमणबाट जोगाउन मद्दत गर्छ । कहिलेकाँही जब कुनै भाइरस शरीर भित्र प्रवेश गरिहालेको खण्डमा प्रतिरक्षा प्रणालीले ती हानिकारक भाइरस पहिचान गरेर त्यसलाई बेअसर पारिदिन्छ जसका कारण शरीरलाई हानी हुनबाट जोगाउँछ । 

ओमिक्रोनबाट बच्नका लागि विशेषज्ञले लगातार प्रतिरोधी क्षमतालाई बलियो बनाउन सल्लाह दिँदै आएका छन् । प्रतिरोधी क्षमता बलियो बनाउन मानिस व्यायाम गर्छन्, प्रतिरोधी क्षमता बढाउने खाना खान्छन्, ड्रिङ्कको सेवन गर्छन् आदि । तर तपाईंको प्रतिरोधी क्षमता कमजोर छ भनेर कसरी थाहा पाउने ? सायद यसतर्फ कसैको ध्यान गएको छैन होला । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।

लगातार थकित महसुस हुनुः

राती ७–८ घण्टा सुतेपछि बिहान उठ्दा धेरै मानिस ऊर्जावान् महसुस गर्छन् । तर जसको प्रतिरोधी कमजोर हुन्छ उनीहरु राती सुत्दा पनि भोलिपल्ट निकै सुस्त महसुस गर्छन् । यदि उनीहरुले मिहिनेतको काम नगरेपनि उनीहरुलाई थकाई लागिरहेको जस्तो हुन्छ र ऊर्जा पनि निकै कम हुन्छ । 

यसको उपचार व्यायाम र योग हो । यी दुबैले शरीरमा ऊर्जाको स्तर बढाउँछ जसका कारण शरीरमा रक्त सञ्चार बढ्ने गर्छ र यसले स्नायु प्रणालीलाई बलियो बनाएर थकानलाई टाढा राखेर शरीरलाई ऊर्जावान् बनाउँछ ।

लामो समयसम्म रुघा–खोकी लागिरहनुः

विशेषज्ञका अनुसार वयस्कलाई वर्षमा २–३ पटक रुघा–खोकी लाग्नु सामान्य हो तर केहीलाई लामो समयसम्म रुघा खोकी लागिरहन्छ वा बारम्बार हुने गर्छ । रुघा–खोकी लागेका बेला एन्टीबडी विकसित हुन र कीटाणुसँग लड्नका लागि प्रतिरक्षा प्रणालीलाई ३ देखि ४ दिन लाग्छ अर्थात् रुघा ३–४ दिनसम्म लागिरहन सक्छ । तर यदि तपाईंलाई लामो समयसम्म रुघा–खोकी लागिरहन्छ भने यो कमजोर प्रतिरोधीको संकेत हो । 

पेट सम्बन्धि लगातार समस्याः

प्रतिरोधीको सम्बन्ध आन्द्रा र पेटसँग पनि हुन्छ । त्यसैले विशेषज्ञले कसैको पेट खराब छ भने उनीहरुको स्वास्थ्य कहिल्यै ठिक नहुने बताउने गर्छन् । हाम्रो शरीरमा लगभग ७० प्रतिशत प्रतिरक्षा बढाउने तन्तु हाम्रो आन्द्रामा हुन्छन् । यदि तपाईं नियमित रुपमा पेटको समस्या जस्तै कब्जियतबाट पीडित हुनुहुन्छ भने यो कमजोर प्रतिरोधीको परिणाम हुनसक्छ । 

अत्यधिक तनाव हुनुः

कमजोर प्रतिरक्षा प्रणालीको पहिलो संकेत अत्यधिक तनाव छ । विशेषज्ञका अनुसार प्रतिरोधीमाथि सबैभन्दा धेरै प्रभाव तनावमा पर्छ । यदि कसैले अत्यधिक तनाव लिन्छन् भने उसको प्रतिरोधी निकै कमजोर हुनेछ । वास्तवमा, तनाव लिँदै सेतो रक्त कोसिका र लिम्फोसाइटको संख्यामा कमी आउँछ । यी दुबैले हाम्रो शरीरमा संक्रमणबाट लड्न मद्दत गर्छ र विभिन्न प्रकारको भाइरसबाट जोगाउँछ । यस्तोमा लामो समयसम्म तनाव लिँदा प्रतिरोधी क्रमशः कम हुँदै जान्छ । 

ढिलो गरी घाउ निको हुनेः

दैनिक कामकाज गर्दा हात वा शरीरमा घाउ हुनु साधारण कुरा हो । यदि घाउ निको हुन समय लाग्छ भने ययसले पनि प्रतिरोधी क्षमता कमजोर भएको संकेत गर्छ । यसबाहेक मधुमेहका बिरामीमा पनि घाउ निको हुन समय लाग्छ, त्यसैले विज्ञसँग तुरुन्तै सल्लाह लिनुहोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन