१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगलका सीइओ सुन्दर पिचाईविरुद्ध एफआईआर

१३ माघ २०७८, बिहीबार ०५:००

एजेन्सी | फिल्म निर्माता सुनिल दर्शनले युट्युबमा आफ्नो फिल्म ‘एक हसिना थी एक दिवाना था’ को कपिराइट उल्लंघनको विषयमा गुगल सीइओ सुन्दर पिचाई, गुगल र यसका केही अधिकारीविरुद्ध एफआईआर दर्ता गरेका छन् । जसमा उनले युट्युबमा थुपै प्रयोगकर्ताद्वारा उनको एक्सक्लुसिभ कन्टेन्ट प्रयोग गरिरहेको र यसले आफूलाई भारी नोक्सानी पुर्याएको बताएका छन् । 

आफ्नो एफआईआरमा फिल्म निर्माताले गुगलका सीइओ सुन्दर पिचाई र कम्पनीका ५ अन्य कर्मचारीको नाम पनि समावेश गरिएको छ । अंधेरी इस्ट एमआइडीसी प्रहरी स्टेशनमा कपिराइट एक्टको धाराअन्तर्गत एफआईआर दर्ता गरिएको छ । 

एक अर्बभन्दा बढीपटक कपीराइट उल्लंघन गरेको छः सुनिल

सुनिल दर्शनले इटाइम्ससँगको कुराकानीमा भने, ‘मेरो फिल्म जसलाई मैले कहिले पनि अपलोड गरेको  छैन र संसारभरी कसैलाई बेचेको छैन । त्यसलाई युट्युबमा लाखौं पटक हेरिएको छ । म गुगलसँग यो फिल्मलाई प्लेटफर्मबाट हटाउनका लागि अनुरोध गरिरहे र यताउती भड्किरहेँ ।’

‘म असाध्यै नि निराश भएको थिएँ र मसँग कुनै विकल्प बचेको थिएन, त्यसैले म अदालत जानुपर्यो । सौभाग्यले अदालतले मेरो पक्षमा आदेश दियो र प्रहरीलाई एफआईआर दर्ता गर्नका लागि निर्देशन दियो । एक अर्बभन्दा बढी पटक कपिराइट उल्लंघन भएको छ र मसँग तीमध्ये प्रत्येकको रेकर्ड छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक