2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नासाले भेट्टायो पाँच हजार संम्भावित एलियन संसार

माघ १३, काठमाडौँ | नासाले हाम्रो ग्रह भन्दा बाहिर पनि जीवन छ कि भनेर निकै लामोसमयदेखि अनुसन्धान र खोज गरिरहेको छ। नासाको ट्रान्जिटिङ् एक्सोप्लानेट सर्भे स्याटेलाइट (टिईएसएस) र यसको डाटामा ग्रहहरू खोज्ने वैज्ञानिकहरूको लागि यो चार वर्ष व्यस्त समय भएको छ। जसले अन्य संम्भावित एलियन संसारको खोजी गरिरहेको छ।मिशनले भर्खरै एउटा प्रमुख खोज कोसेढुङ्गा पार गर्यो, टोलीले ५ हजार ओटा टिईएसएस अब्जेक्ट्स अफ इन्टरेस्ट/टिओआईएस  जसमा एक्सोप्लानेट वस्तुहरू र अन्य चाखलाग्दो संकेतहरू समावेशसहित पत्ता लगाएको स्पेस डटकमले उल्लेख गरेको छ।

टिईएसएसले के देखेको हुन सक्छ भनेर अझ राम्रोसँग बुझ्नको लागि थप विवरण र अन्य उपकरणहरूका साथ अध्ययन गर्न खगोलविद्हरूले यी टिओआईएसबाट वस्तुहरू छनोट गर्नेछन्।“यसै समय गत वर्ष, टिईएसएसले २,४०० टिईएसएस मात्र फेला पारेको थियो। आज, टिईएसएस त्यो संख्या दोब्बर भन्दा बढी पुगेको छ,” म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का पोस्टडक मिशेल कुनिमोटोले एक विज्ञप्तिमा भने।एमआईटी वैज्ञानिकहरूले टिईएसएस मिशनको नेतृत्व गर्छन् र कुनिमोटोले ‘फ्यान्ट स्टार सर्च’ भनिने एउटा परियोजनाको नेतृत्व गरिरहेका छन् जसले भर्खरै थपिएका धेरै टिओआईएसलाई योगदान गरेको छ।

रिपोर्टकाअनुसार अप्रिल २०१८ मा टिईएसएस सुरु भएदेखि अहिलेसम्म १७६ टिओआईएस ग्रहहरूको रूपमा पुष्टि भएका छन्। प्रारम्भिक रूपमा टिओआई पत्ता लगाएपछि एक्सोप्लानेटका वस्तुहरू पुष्टि गर्न बढी अवलोकन समय लाग्ने हुनाले, वैज्ञानिकहरूले ग्रहहरु भएको पुष्टि गर्न वस्तु पत्ता लगाउनेभन्दा बढी समय लाग्ने आशा गर्छन्।टिईएसएसको सक्सेसर केप्लर स्पेस टेलिस्कोपले २ हजार भन्दा बढी ग्रहजस्ता वस्तुहरु को पहिचान गर्यो जुन २०१३ मा यसको अवलोकन पूरा गरे तापनि अझै पुष्टि हुन सकेको छैन।जब टिईएसएस सुरु भयो, कार्यक्रमको पहिलो आधा समय दक्षिणी गोलार्धमा र दोस्रो आधा उत्तरी भागमा खर्च गर्दै यसले दुई वर्षको मिशनलाई लक्षित गरेको थियो। जुलाई २०२० मा अन्तरिक्षयानको मिसन विस्तार भएकोले, यसले त्यो ढाँचा दोहोर्याएको छ र अब टोलीले कम्तिमा २०२५ सम्म अवलोकन जारी राख्ने आशा गर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक