2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुस र यूक्रेनबीच युद्धविराम

January 27, 2022

एजेन्सी | यूक्रेन र रुसबीच पूर्वी सीमामा जारी तनावका बीच एक राहतको खबर आएको छ । बुधबार पेरिसमा भएको ८ घन्टा लामो बैठकमा सबै पक्षले युद्धविराम गर्नेबारे सहमती गरेका छन् ।

यसबाहेक यूक्रेन र रुस सन् २०१९ पछि पहिलो पटक यूक्रेनी  सुरक्षा गार्ड र पृथकतावादीबीच चलिरहेको संघर्षको बारेमा फ्रान्स र जर्मनीसँग एक संयुक्त बयान जारी गर्न सहमत भएका थिए ।

बिना शर्त सहमतीः

संयुक्त बयानमा भनिएको छ, ‘दुबै पक्ष बिना शर्त युद्धविरामका लागि सहमत भएका छन् । यसबाहेक दुई सातापछि बर्लिनमा यस मुद्दाबारे एक बैठक आयोजना हुनेछ ।’

फ्रान्सले यो फैसलाको स्वागत गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंका एक सहयोगीले भनेका छन् ,‘लगातार बढिरहेको तनावबीच अन्त्यमा एउटा सकारात्मक समाचार बाहिरिएको छ ।’

बिर्लिन बैठकमा पनि कुटनीतिज्ञ समावेश हुनेछन्

रुसका कुटनीतिज्ञ दिमित्री कोजाकले भने, ‘कयौँ कुरामा असहमतिका बावजुृद हामी यस कुरामा सहमत थियौँ कि पूर्वी यूक्रेनमा सबै पक्षलाई ध्यानमा राखेर युद्धविराम गर्नु आवश्यक छ ।’

दुई सातापछि बर्लिनको बैठकमा पेरिसको जस्तै दुई देशका कुटनीतिज्ञ समावेश हुनेछन् । यी बैठकमा राष्ट्र प्रमुखलाई  समावेश गर्न एजेन्डा नै बनेको छैन । कोजाकले भने, ‘हामीलाई आशा छ कि उनीहरुले हाम्रो कुरा राम्रो तरिकाले सुनेका छन् । आगामी दुई सातामा यसको नतिजा पनि देख्न पाइने छ ।’

वार्ता सहज थिएनः

यूक्रेनका राजदूत एन्ड्रि यरमकले मीडियालाई भने, ‘यो वार्ता सहज थिएन । स्थायी युद्धविरामका लागि आपसी सहयोग अत्यन्त आवश्यक छ । सबैभन्दा महत्वपूृर्ण कुरा भनेको हामी सन् २०१९ पछि कुनै मुद्दाको आधिकारिक विज्ञप्तिमा सहमती भएको छौँ ।’ 

युक्रेनको पूर्वी सीमामा रुसले आफ्ना लाखौँ सैनिक तैनाथ गरेको छ ।

तत्पश्चात् दुबै देशबीचको तनाव अत्यन्त धेरै भएको थियो । रुसको सम्भावित हमलालाई ध्यानमा राख्दै नेटो फोर्सले पनि सैन्य गतिविधि बढाएको छ । यसबाहेक अमेरिकाले पनि ८,५०० सेनालाई उच्च सतर्कतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक