२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप लगाइसकेपछि देखिन्छ यस्तो असर, के गर्ने-के नगर्ने ?

२०७८, १४ माघ शुक्रबार ०७:४३

कमल बिक्रम जिसी, माघ १४, काठमाडौँ | सरकारले कोरोनाविरुद्धको खोप प्रत्येक व्यक्तिका लागि अनिवार्य गरेको छ । सरकारले यो निर्देशन जारी गरेसंगै दैनिक रुपमा कोरोना विरुद्धको खोप लगाउने सख्या बढ्दै गएको छ । खोप तोकिएका स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क रुपमा दिइदैं आइरहेको छ । कोरोनाविरुद्धको खोपमा कोरोना भाइरसको स्पाइकविरुद्ध काम गर्ने तत्त्व (मेसेन्जर RNA ) हुन्छ । शरीरले यी स्पाइकका हानिरहित प्रतिलिपि बनाउँछ र हाम्रो रोग प्रतिरोधात्मक प्रणालीले यो प्रतिलिपिसँग जुध्ने अभ्यास गर्छ । परिणाम स्वरूप, हाम्रो प्रतिरोधात्मक प्रणालीले कोरोना भाइरस चिन्न थाल्छ र पछि कोरोना भाइरसको संक्रमण हुँदा उक्त भाइरससँग लड्छ र शरीरलाई सुरक्षित राख्छ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ ।

सरकारले कोरोना संक्रमित बढेसंगै सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेको छ । होटल, रेस्टुराँ, हल, रङ्गशाला, पार्क लगायतमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेको छ । साथै आन्तरिक उडानका लागि विमानस्थल प्रवेशका लागि पनि खोप कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ ।

खोप लगाएपछि के के असरहरू देखिन सक्छन् ?

कोभिड–१९ खोप लगाएपछि केहि सामान्य असरहरू देखिन सक्छन्। यसका सामान्य असरहरूमा खोप लगाएको ठाँउमा सुन्निने, दुख्ने, टाउको दुख्ने, जाडो हुने, ज्वरो आउने, वाकवाक लाग्ने र जिउ दुख्ने आदि हुन सक्छ । यस्ता समान्य असरहरू बिस्तारै आफै ठिक भएर जान्छन्। हालसम्म अनुमति प्राप्त प्रयोगमा रहेका खोपहरू सुरक्षित र प्रभावकारी रहेको र खोपबाट कुनै गम्भिर र दिर्घकालिन असर हुने देखिएको छैन । खोप पश्चात कुनै अवाञ्छित घटना-कडा बिरामी भएमा तुरुन्त स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ ।

खोप लगाइसकेपछि के गर्ने, के नगर्ने ?

खोप लगाईसकेपछि रक्सी, चुरोट –रक्सी, चुरोटको सेवन नगर्ने जस्ले तपाईको रोग प्रतिरोध प्रणालीमा नकरात्मक असर गर्नुका साथै चुरोटको कारणले खोपबाट हुनसक्ने फाइदा नपाउन सकिन्छ । खोप लगाइसकेपछि स्वास्थ्य मापदण्डमा बेवास्ता नगर्ने । खोप लगाएपछि पनि संक्रमित हुन सक्छ । खोप लगाएपछि स्वास्थ्यमा सामान्य समस्याहरु देखिन सक्छ तर, यदि त्यस्तो समस्या देखिएमा वा जटिल हुँदै गएमा चिकित्सकको सल्लाह लिने ।

अति आवश्यक खोपहरु नछुटाउने–जीवन रक्षाको लागि अन्य आवश्यक खोपहरु पनि लगाउनु पर्ने अवस्थाहरु आउन सक्छ त्यस्तो बेला खोपहरु नछुटाउने ।कडा शारीरिक क्रियाकलाप नगर्ने– खोप लगाएको २, ३ दिन सम्म कडा शारीरिक क्रियाकलाप नगर्ने । प्रशस्त पानी पिउने स्वाथ्यकर खानेकुराहरू खाने र मज्जाले आराम गर्ने।

खोप कसले लगाउनु हुँदैन ?

हालसम्म खोप दिन मिल्ने समुह बाहेकका अन्यका लागि बृहत र बिस्तृत अध्ययन भै नसकेकोले गर्भवती महिला, बच्चालाई स्तनपान गराउने आमाहरू (सुत्केरी भएको ६ महिना सम्म), १५ बर्ष मुनिका बालबालिका (हाल कोभिशिल्ड खोप १८ बर्ष माथिका मात्र) र यस अघि कुनै खोप, औषधि वा अन्य बस्तुबाट कडा एलर्जि भएका व्यक्तिहरूलाई यो खोप दिइदैंन। साथै खोप लिने समयमा उच्च ज्वरो वा माथि उल्लेख भएका रोग बाहेक अन्य शिघ्र कडा खालको बिरामी भएमा खोप नदिने तर रोग निको भएपछि यदि खोप उपलब्ध भएमा खोप लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी