३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शरीरमा देखिने यस्तो लक्षण हुनसक्छ असामयिक मृत्युको कारण !

१४ माघ २०७८, शुक्रबार ०८:०१

माघ १४, काठमाडौँ | मानिसहरु सामान्यतयाः वृद्ध अवस्थामा पुगेपछि निस्क्रिय बन्न पुग्छन् । उमेर बढेसँगै मानिसमा थकावट पनि बढ्न थाल्छ । एउटा नयाँ अध्ययनका अनुसार मानिसको असामयिक अर्थात समयभन्दा अगाडि नै मृत्युको संकेत देखिन थाल्छ । जर्नल अफ ग्रोन्टोलोजीः मेडिकल साइन्सेजमा प्रकाशित एक अध्ययनका अनुसार तनावका कारण हुने मानसिक र शारीरिक थकावटले मानिसको मृत्यु छिट्टै हुन्छ । यस अध्ययनमा सहभागी ६० वर्ष र त्यो वर्ष धेरै उमेरका २ हजार ९ सय ६ जनालाई थकावटको स्तर सोधिएको थियो । 

अध्ययनमा सहभागीहरुलाई ३० मिनेट हिँड्न, घरका सामान्य काम गर्न, बगैँचाका काम गर्न लगाइएको थियो । मृत्युदरलाई प्रभाव पार्ने कारक तत्वको खोजी गर्नका लागि उक्त गतिविधिमा सहभागिहरुमा थकावटको महसुस गरेका थिए । उनीहरुमा असामयिक मृत्युको खतरा धेरै हुनेहरुमा धेरै थकावट महसुस हुनेहरु थिए । यस्तो जोखिममा हुनेहरुमा डिप्रेशन, दीर्घरोगी, उमेर र लिंग जस्ता कारक तत्वहरु थिए । 

पिट्स ग्रेजुएट स्कुल अफ पब्लिक हेल्थका एपिडेमायोलोजी डिपार्टमेन्टमा एसोसिएट प्रोफेसर तथा स्टडीका प्रमुख लेखक न्यान्सी डब्लु ग्लिनले भनेका छन्, मानिसहरु जीवनको कुनै समयमा शारीरिक रुपमा फिट रहनका लागि विभिन्न व्यायामहरु गर्ने गर्छन् । व्यायामले मानिसलाई धेरै नै सहयोग गर्छ ।

पछिल्लो एक अध्ययनले शारीरिक रुपमा सक्रिय रहने मानिसको भित्र थकावटको स्तर कम हुन्छ । अगाडिको अध्ययनले गम्भीर थकावटले छिट्टै मृत्यु निम्त्याउँने बताएको थियो । तर, शारीरिक रुपमा सक्रिय रहँदा मानिसमा मृत्यु छिट्टै आउँदैन । नियमित रुपमा १५ मिनेट शारीरिक रुपमा सक्रिय रहनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली