<p><b>माघ १५, काठमाडौँ </b>| सरकारले बुस्टर डोजको खोप पहिले लगाएको खोपभन्दा फरक दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर बुस्टर खोपको मात्रा फरक खोपको मिक्स गरेर दिने निर्णय गरिएको हो ।<br></p><p>डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसमै मन्त्रालयले बुस्टर डोज दिँदा खोप मिक्स गर्ने निर्णय लिएको हो । ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिने ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।</p><p>पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन भनिएको छ । त्यस्तै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकाहरूलाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप प्रदान गर्ने निर्णय गरिएको छ ।</p>
कोरोनाविरुद्धको खोप दुई फरक खोप ‘मिक्स’ गरेर दिने निर्णय
