2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकीमा निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने

माघ १७, कास्की | गण्डकी प्रदेश सरकारले स्वास्थ्य सेवामा देखिएको चुनौती र समस्यालाई मध्यनजर गरी सम्पूर्ण नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच, उपयोग र गुणस्तर कायम गर्ने भएको छ ।

पहिलोपटक स्वास्थ्य नीति बनाएको सरकारले हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पुर्याउने उद्देश्यका साथ ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक संस्था’ नीति अबलम्वन गरिने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मधुमाया अधिकारीले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरिसकेको सन्र्दभमा प्रदेशका जनताको स्वास्थ्यसम्बन्धी मौलिक हकलाई सुनिश्चित गर्दे कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको रहेको बताउनुभयो ।

उहाँका अनुसार सङ्घीयताको मर्मबमोजिम सङ्घ र स्थानीय सरकारसँग सहकार्य गर्दै समतामूलक गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा पहुँच सुनिश्चित गरिनेछ । मन्त्री अधिकारीले निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य सेवा स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराइने छ । यसका साथै आवश्यकताका आधारमा आधारभूत स्वास्थ्य सेवाको थप गर्दै समन्वय र सहकार्यमा लगिनेछ ।”

स्वास्थ्य संस्था नभएका गण्डकी प्रदेशका सबै जिल्लाका वडामा आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य संंस्था स्थापना गरिने मन्त्रालयले जनाएको छ । 

यसैगरी सबै स्वास्थ्य संस्थाबाट आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने र सोको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक स्रोतको व्यवस्थापनको नीति लिएको छ । सरकारले खोप र पोषण सेवालाई थप प्रभावकारी बनाउने नीति लिएको छ । प्रजनन स्वास्थ्य, बालस्वास्थ्य र किशोरावस्थाको स्वास्थ्यमा सुधारका लागि स्थानीयतहसँगको सहकार्यमा आवश्यकताका आधारमा मातृ प्रतीक्षागृह र बर्थिङ सेन्टरको विस्तार गरिने मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

दुर्गम र अतिदुर्गम क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा जटिलता देखिएमा तत्काल हवाई उद्धारमार्फत सुविधासम्पन्न अस्पतालमा पुर्याई सेवा प्रदान गर्ने र निःशुल्क सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने योजना सरकारको छ । 

यसैगरी अस्पताल र समुदायमा मातृ तथा नवजात शिशुको मृत्युको कारण पत्ता लगाउने कार्यलाई प्रणालीका रुपमा विकास गर्ने, नवजात शिशु र बालरोगको एकीकृत व्यवस्थापन, प्रजनन स्वास्थ्य, खोप सेवा र पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाइने स्वास्थ्य नीतिमा उल्लेख छ ।

सबै स्वास्थ्य संस्थामा अस्थायी परिवार नियोजनका साधनको नियमित उपलब्धता, प्रदेशस्तरका अस्पतालमा नियमित स्थायी बन्ध्याकरण सेवा सञ्चालन र आवश्यकताअनुसार समुदायमा परिवार नियोजन शिविर र स्याटेलाइट क्लिनिक सञ्चालन गरिने स्वास्थ्य नीतिमा उल्लेख छ ।

विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरी शारीरिक अभ्यास, स्वास्थ्य परीक्षण, किशोरीका लागि आइरन चक्की र सेनेटरी प्याड वितरण, शुद्ध खानेपानी र शौचालयको प्रवद्र्धनमा सहयोग र प्रदेशका पालिकाहरुमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम विस्तार गरिने स्वास्थ्य नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले