२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री श्रेष्ठद्वारा वीर र प्रहरी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

१७ माघ २०७८, सोमबार १०:४९

माघ १७, काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले वीर अस्पताल र नेपाल प्रहरी अस्पतालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपकरण र स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । 

निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट मन्त्री श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलले वीर अस्पताललाई सघन उपचार कक्ष (आइसियु) ३० शय्या थान र प्रहरी अस्पताललाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गर्नुभएको हो । डा विप्लवमणि पोखरेलले उपलब्ध गराउनुभएको आइसियु शय्या र सर्जिकल मास्क प्रतिष्ठानको तर्फबाट उहाँहरुले प्रदान गर्नुभएको हो । 

प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका माओवादी केन्द्रका पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो । 

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्नका लागि अक्सिजन, भेन्टिलेटर र आइसीयु शय्या उपलब्ध गराउँदा सहज भइरहेको बताउनुभयो । नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले सर्वसाधारणलाई पनि गुणस्तरीय सेवा पुर्याउने अस्पतालको लक्ष्यमा यस्ता सहयोगले थप बल पुग्ने बताउनुभयो । 

प्रतिष्ठानको तर्फबाट यसअघि भरतपुर अस्पताल चितवन, योगी नरहरीनाथ प्राकृतिक चिकित्सा अस्पताल, धुलीखेल अस्पताल, सामुदायिक अस्पताल ओखलढुङ्गा, जिल्ला अस्पताल पर्वत, जिल्ला अस्पताल बागलुङलगायत आइसीयु शय्या, सर्जिकल मास्क वितरण गरिसकेको छ । डा पोखरेलको पहल कदमीमा चिनियाँ सङ्घसंस्था र सहयोगीका तर्फबाट प्राप्त १५० वटा आइसीयु शय्या सरकारसँग सहकार्य गरी सरकारी र सामुदायिक अस्पतालमा वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य