२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप २ हजार ५२६ जनामा कोरोना सङ्क्रमण, १६ को मृत्यु

२१ माघ २०७८, शुक्रबार ११:०६

माघ २१, काठमाडौँ | देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो । छ हजार हजार ६५५ जनाले पिसिआर र चार हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा आठ हजार ४२५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख ९५ हजार ८६८ पुगेको छ । निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६४ हजार ११९ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३३ हजार ४७० जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ६३ हजार ८३० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ८५ हजार ७८९  पुगेको छ । कूलमा सङ्क्रमण दर १८ दशमलव तीन प्रतिशत छ ।

कोभिड बिरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पाँच लाख १३ हजार ५१ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ हजार ४५७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७९४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८८ दशमलव दुई रहेको छ । 

हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा ५१ र आइसियूमा २४३ रहेको छ । होम आइसोलेसनमा ५५ हजार ९०, संस्थागत आइसोलेसनमा एक हजार ३६७ र क्वारेन्टिनमा १३३ जना रहेका छन् । 

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवान, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरूमा सिराहा, सप्तरी, पर्सा, बारा, महोतरी, सलार्ही, धादिङ, सिन्धुली, नुवाकोट, गोरखा, स्याङजा, बाग्लुङ, तनहुँ, गुल्मी, पाल्पा, बर्दिया, दाङ, सुर्खेत र कञ्चनपुर छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १६ हजार तीन, ललितपुर नौ हजार ३५१ र भक्तपुरमा तीन हजार ८२९ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य