Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

नचाँहिदो प्रस्ताब पनि आए तर कामको लागी शरिर बेच्दिन – नायिका ठकुरी

११ भाद्र २०७३, शनिबार ०१:०१


नेपाली चलचित्रकि नायिका सपना सिंह गत ५ बर्ष अघि चलचित्र क्षेत्रमा होमिएकी हुन् l नेपालगंज घर भएकी र मोफसलमा बसेर चलचित्र उद्योगमा काम नचल्ने भएकोले आफ्नो चलचित्रमा भाग्य चम्काउन राजधानी प्रवेश गरेकी हुन् । र नेपाल टेलिभिजनबाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमी’ बाट आफ्नो कला अभिनय सुरु गरेकी नेपाली चलचित्र क्षेत्रको उदयमान नायिका सपना सिंह ठकुरी बिगत ८ बर्ष देखि नेपाली सिनेमा जगतमा छाँउदै आएकि छिन । 

काठमाडौँ पुरानो बानेश्वरको ‘एमआर थिएटर’ बाट भरत नाट्यम, अभिनय र नृत्य सिकेकी नायिका अभिनय र नृत्यमा निकै नै पोख्त छिन । र आफुले निकै मेहनत गर्नु पर्ने उनले बताइन l  लगभग ४ बर्ष अगाडी अहिलेका चर्चित संगीत भिडियोका नायक र कलाकार शंकर बिसी सँग म्युजिक भिडियो मार्फत मोडलिङ र अभिनय सुरु गरेकी नायिका सपनाले शुभ यात्रा म्युजिक बाट सपना सिंह ठकुरी ले (यो जोवनी) नामको तिज गीत आफैंले पहिलो तीज गीत बजारमा ल्याइएकी छिन् l अहिले सम्म अढाई दर्जन  भन्दा बढी म्युजिक भिडियोहरुमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी छिन्  । र उनले अन्य अरु भिडियो आउने बताईन l 

 
नेपाली कथानक चलचित्र ‘सारङ्क’ बाट शुभारम्भ गरेकी नायिका सपनाले अहिले सम्म ४ वटा चलचित्रमा काम गरि सकेकी छिन । हालसालै उनको नयाँ चलचित्र ‘मन को उजुरी’ को पनि छायांकन सुरु भईसकेको र आधा छायांकन हुन बाँकि रहेको उनले बताईन । अभिनय र नृत्यमा राम्रो अभिनय गर्ने नायिका सपना हेर्दा पनि त्यतिकै आकर्षण र सुन्दरी पनि देखिन्छिन l 

सधै उज्यालो तथा हसिलो अनुहार साथ प्रस्तुत हुने नायिका सपना सबै संँग चाडै घुलमिल हुने बताईन । लेखक तथा कलाकार बाबा श्यामानन्द सिंह ठकुरी, र माता लक्ष्मी देबी सिंह ठकुरीको, भाइ सागर सिंह ठकुरी  र सुशिल भारती प्रेरणा र  हौसलाले कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताइन l 

नायिका सपना भन्छिन, आफ्नो अभिनय, कला प्रस्तुत गरेर आफु भित्र निहित प्रतिभा तथा क्षमतालाइ प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन चाहेको बताईन l

 सपना भन्छिन, आफु कलाकार भएकोले कहिलेकाँहि  सिनेमा क्षेत्रका मानिसहरुबाट म्युजिक भिडियो, चलचित्रमा खेलाउँछु र नाता गाँस्नु पर्छ भनेर नचाँहिदो प्रस्ताब पनि आउने गरेको कुरा बताईन l उनले अगाडी भनिन “मैले त्यस्तो प्रस्ताबलाई ठाडै अस्विकार गर्ने  गरेको छु, कामको लागि शरीर बेच्दिन साथै आफ्नो आत्मसम्मान बेचेर सम्झौता पनि गर्दिन” भनिन । 


चर्चाको शिखरमा पुग्न आफ्नो मेहनत लगनशिलता, अभिनय क्षमता हुनुपर्नेमा बिश्वास राख्ने सपना क्षणिक चर्चाको लागि आफु ननाङ्गीने र ग्ल्यामरसको नाममा जे पायो त्यहि नगर्ने समेत स्पष्ट पारिन l आफुले अंगालेको पेशालाई हृदय देखि नै निकै मन पराएको कारण आफु यो पेशामा लागेको बताइन l पेशामा निरन्तरता दिने भन्दै त्याग र तपस्या चाहिने हुनाले आफु दत्तचित्तको साथ लागेको बताईन l 

उनले कुराकानी गर्ने क्रममा ,भबिष्यमा अभिनय र नृत्यको माध्यमबाट एक कुशल अभिनेत्रीको रुपमा स्थापित गराउन ठकुरी आफ्नो सुन्दरता प्रति पनि त्यतिकै ध्यान दिने बताइन l उनले अगाडी भनिन ,नेपाली दर्शकहरुको मागलाइ ध्यान दिदै समय सापेक्ष आफुलाइ परिबर्तन गर्दै लैजाने बताइन । साथै कथावस्तु र नेपाली समाजलाई पच्ने खालको चलचित्रमा मात्र आफु अभिनय गर्न तत्पर रहेको बताईन l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान