२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

चुनावी सहकार्यका लागि बागलुङका गठबन्धन दलबीच छलफल

२७ माघ २०७८, बिहीबार ०८:४९

माघ २७, बागलुङ । यहाँका सत्तारुढ गठबन्धन दलहरूले आसन्न स्थानीय तहको चुनावमा मिलेर जानका लागि छलफल र गृहकार्य अघि बढाएका छन् । आज पाँच दलीय गठबन्धनका जिल्ला तहका प्रमुख नेताबीच चुनावी सहकार्यका लागि  प्रारम्भिक कुराकानी भएको हो ।

गठबन्धनलाई वडा तहसम्म व्यवस्थित गर्ने, आपसी विश्वास र समझदारी विकास गर्दै चुनावसम्मै मिलेर जाने विषयमा भएको छलफल सकारात्मक भएको गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका जिल्ला सभापति जीतबहादुर शेरचनले बताउनुभयो ।

“स्थानीय परिस्थिति र अनुकूलतामा गठबन्धनलाई कसरी मजबुत पार्ने र चुनावसम्मै लिएर जाने विषयमा सौहार्द ढङ्गले कुराकानी भयो, छलफललाई फेरि निरन्तरता दिने गरी हामी उठ्यौँ”, उहाँले भन्नुभयो । शेरचनले प्रदेश तहमा पनि गठबन्धन दलबीच चुनावलक्षित छलफल सुरु भएको स्थितिमा जिल्लामा पनि त्यसको गृहकार्य अघि बढेको उल्लेख गर्नुभयो । नेपाल रेडक्रस सोसाइटीलगायत सङ्घसंस्थाका चुनावमा पनि सत्ता गठबन्धन दलबीच सहकार्य गरेर जानुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

छलफलमा सहभागी गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र), जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले स्थानीय तहको चुनाव घोषण भएको स्थितिमा जिल्लास्तरमा गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक कुराकानी भएको बताउनुभयो । “नेताहरूबीच गठबन्धनका सन्दर्भमा अनुभव आदानप्रदान भयो, एक किसिमको समीक्षाजस्तो पनि भयो”, उहाँले भन्नुभयो, “ठ्याक्कै ठोस मुद्दामा छलफल प्रवेश त गरेको छैन, तर पनि गठबन्धन दलका नेताबीचको भेटघाटले सकारात्मक सन्देश दिएको छ, यसले अरु जिल्लालाई पनि प्रेरित गर्छ ।”

केन्द्रमा पाँच दलीय गठबन्धन कायमै रहेर चुनावी समीकरण बनेमा त्यसलाई जिल्लामा पनि लागू गरेर जानुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय राजनीतिको परिदृश्य बदलिएमा भने त्यसको असर तल पनि पर्न सक्ने संयोजक गैरेले बताउनुभयो । छलफलमा कांग्रेस सभापति शेरचन, माओवादी केन्द्रका संयोजक गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष लालबहादुर थापा र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुकाजी केसी सहभागी हुनुहुन्थ्यो ।

स्थानीय तहको चुनाव घोषणा भएसँगै दलहरु तात्न थालेका छन् । नेकपा (एमाले) को जिल्ला शखाले पनि चुनाव केन्द्रित अभियान सञ्चालन गरिने जनाएको छ । चुनावलाई लक्ष्य गरी आउँदो फागुनभित्रमा प्रदेशको  निर्वाचनका लागि क्षेत्रस्तरमा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने  निर्णय भएको पार्टीका प्रचारप्रसार विभाग प्रमुख गणेश पौडेल ‘चन्द्र’ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह