2026-09-19 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरा जन्मिने आशमा एक पाकिस्तानी महिलाले टाउकोमा ठोकिन् साढे दुई इन्च लामो किला

माघ २७, काठमाडौँ । टाउको गाडेको किला चिम्टाले झिक्न नसकेपछि पाकिस्तानको पेशावरकी एक गर्भवती महिला अस्पताल पुग्छिन्। अन्जानमा टाउकोमा किला गडेको भन्दै चिकित्सकको सहयोग माग्छिन्। साढे दुई इन्च लामो किला आफै गाडेको उनको कुराले अस्पतालका कर्मचारी सशंकित हुन्छन्। त्यसपछि सत्य बोल्न उनी बाध्य हुन्छिन्।

एक अन्धविश्वासीले गर्भवती महिलाले टाउकोमा किला गाड्दा छोरा जन्मिन्छ भनेपछि उनले त्यस्तो हर्कत गरेकी थिइन्। वास्तवमा उनै अन्धविश्वासी व्यक्तिले महिलाको टाउकोमा ह्यामरले किला गाडिदिएका थिए। लेडी रिडिङ अस्पतालका डा हैदर खानले ‘महिलामा पूर्ण रुपमा होस भएको तर खप्नै नसक्ने पीडा’ महसुस गरेको  बताए।

एक छिमेकीको कथनपछि ती महिला धामीकोमा गएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ। अस्पतालका कर्मचारीहरुका अनुसार ती महिलाका तीन वटा छोरी छन्। अर्को पनि छोरी जन्माए उनलाई घर छोडेर जान पतिले धम्क्याउँदै आएका छन्।

‘उनी तीन महिनाकी गर्भवती रैछन्। पतिको धम्कीका कारण उनी अन्धविश्वासी व्यक्तिमा गएकी रहेछिन’, अस्पतालका एक कर्मचारीले भने।

पाकिस्तानको केही भागमा धामीप्रतिको विश्वास अझै पनि सामान्य जस्तै छ। विशेषगरी उत्तर पश्चिम पाकिस्तानमा यस्तो विश्वास धेरैमा देखिन्छ। एउटा ट्विटमा पेशावर प्रहरी प्रमुख अब्बास अहसनले दोषीलाई कानुनको कठघरमा ल्याउन एउटा विशेष अनुसन्धान समूह गठन गरिएको बताएका छन्।

प्रहरीले पीडित महिलामार्फत दोषीलाई पत्ता लगाउन अस्पतालका कर्मचारीहरुसँग सोधपुछ र अन्तर्वार्ता गरेको छ। कर्मचारीले टाउकोबाट किला हटाइदिएपछि ती महिला आफ्नो बाटो लागेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो