२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनबाट ब्लुबुक नवीकरण गर्न नागरिक एप साथै ड्राइभिङ लाइसेन्स नवीकरणका सफ्टवेयर तयार हुँदै

२८ माघ २०७८, शुक्रबार ०७:४८

माघ २८, काठमाडौँ । अनलाइनबाटै सवारीचालक अनुमतिपत्रको नवीकरण गर्न बाटो खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले डिजिटल वालेट कम्पनी ई-सेवा र खल्तीलाई स्वीकृति प्रदान गरेसँगै त्यसको आधार तयार भएको हो ।

यसै आधारमा आइतबारदेखि बागमती प्रदेशमा नागरिक एप तथा वेबसाइटबाट ब्लुबुक नवीकरण गर्न सकिने सेवा सुरु हुँदैछ । तर लाइसेन्स नवीकरणका लागि आवश्यक सफ्टवेयर सिस्टम तयार नभइसकेकाले त्यसका लागि थप समय लाग्ने बताइएको छ ।

नागरिक एपले अनलाइनबाट बागमती प्रदेशबाट जारी सवारीचालक अनुमतिपत्र नवीकरण गर्न सकिने गरी सिस्टम डेभलपमेन्टको काम सुरु भइसकेको जनाएको छ । मन्त्रालयले बिहीबार अनलाइन प्रणालीबाट राजस्व संकलन गर्ने विषयमा पत्राचार गरेको छ ।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले यसका लागि श्रम मन्त्रालयलाई सहमति दिएको थियो । यातायात व्यवस्था सेवा कार्यालय र यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रहरूबाट यातायात क्षेत्रको राजस्व संकलन गर्न ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरिएको छ ।

ती बैंकबाट राजस्व हिसाब मिलान गर्नेगरी ई-सेवा (फोन पे प्रालि) र खल्ती (स्प्यारो पे प्रालि) को मोबाइल वालेटलाई यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मा आवद्ध गरिएको हो ।

लाइसेन्स नवीकरण सुविधा आउन केही समय लाग्ने भए पनि नागरिक एपमै आफ्नो सवारीचालक अनुमतिपत्र लिङ्क गर्न सकिने सुविधा भने आगामी अपडेटमा उपलब्ध गराइने बताइएको छ ।

यससँगै लाइसेन्सलाई पनि हाल राहदानी, नागरिकता र मतदाता परिचयपत्रलाई नागरिक एपमा खाता खोल्ने आधारभूत कागजात सरहको मान्यता दिने विषयमा समेत गृहकार्य भइरहेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा