माघ २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय विद्युतीय माध्यमबाट बढ्दै गएको कारोबारलाई मध्यनजर गरी कर्जा समेत विद्युतीय माध्यमबाटै लिन सकिने गरी विद्युतीय माध्यमबाट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय विद्युतीय माध्यमबाट बढ्दै गएको कारोबारलाई मध्यनजर गरी कर्जा समेत विद्युतीय माध्यमबाटै लिन सकिने गरी विद्युतीय माध्यमबाट"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अनलाइनबाटै ५ लाखसम्मको कर्जा लिन सकिने

२०७८, २८ माघ शुक्रबार ०९:५७

माघ २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय विद्युतीय माध्यमबाट बढ्दै गएको कारोबारलाई मध्यनजर गरी कर्जा समेत विद्युतीय माध्यमबाटै लिन सकिने गरी विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल ल्यान्डिङ) मार्गदर्शन जारी गरेको छ।

यस्तो अवस्थामा ग्राहकको भौतिक उपस्थिति बिना नै वित्तिय सेवाको माग बढ्दै गएकाले बैंक तथा वित्तिय संस्थाहरूमा कर्जाको आवेदनदेखि कर्जा प्रवाह गर्नेसम्मको प्रक्रियालाई सहजीकरण गर्न राष्ट्र बैंकले डिजिटल ल्यान्डिङ सम्बन्धि मार्गदर्शन जारी गरेको हो । 

अब बैंक तथा वित्तिय संस्थामा तलवी खाता खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेको ग्राहकको हकमा अधिकतम ५ लाख र अन्य ग्राहकको हकम अधिकतम २ लाख रूपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध हुनेछ । 

यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुनेछ । साथै कर्जा प्रदान गर्दा/फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने छ ।

ग्राहकसँग कर्जाको आवेदन लिदा बैंक तथा वित्तिय संस्थाले विद्युतीय कर्जा प्रवाह सम्बन्धि एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ । 

बैंक तथा वित्तिय संस्थाले मोबाइल एपबाट विद्युतीय कर्जाको आवेदन लिन सक्नेछन् । कर्जासम्बन्धि कागजातहरू विद्युतीय माध्यमबाट सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैंकले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ