२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चारदेखि १२ वर्षसम्मका बालबालिकालाई खोप लगाइने

२०७८, २९ माघ शनिबार १४:४१

माघ २९, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै कोभिडविरुद्धको खोप लगाइने जनाउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले कोभिडको तेस्रो लहरका कारण शिक्षा क्षेत्र प्रभावित भए पनि शैक्षिकसत्रमा प्रभाव नपर्ने गरी प्रबन्ध गरिएको बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो, “शैक्षिकसत्र क्षति नहुने गरी एसइईको परीक्षा तालिका सार्वजनिक गरेका छौँ । स्थानीय तहको चुनावलगत्तै प्लस टुको परीक्षा गर्छौं । सबै विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेका छौँ ।”

उहाँले आफू मन्त्री भएपछि १८ हजार शिक्षकको पदपूर्ति तथा बढुवाको प्रक्रिया सुरु भएको, सार्वजनिक शिक्षा सुधारका लागि योजना बनाइएको, चर्काे शुल्क लिने मेडिकल कलेजलाई सचेत गराइएको, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय जमलमा निर्माण गर्न लागिएको, त्रिविको परीक्षा प्रणालीमा सुधार गरिएको र शिक्षक अस्पताल चितवनमा निर्माण हुने  निश्चित गराइएको बताउनुभयो ।

मन्त्री पौडेलले उच्च शिक्षा, सङ्घीय शिक्षा, प्राविधिक शिक्षा ऐन ल्याउन संसद्को गतिरोध सहज हुनेबित्तिकै छलफलका लागि पठाइने जनाउँदै सबै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन लागिएको उल्लेख गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गराइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ