2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोप–अमेरिका मोहमा ठगिँदै युवा

फागुन १, काठमाडौँ । काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ । एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३० वर्षीया तिम्सिनाले समय दिन नसकेपछि विद्यालयले पनि निकालिदियो । त्यसपछि उनको अवस्था झनै कष्टकर बनेको छ। दुई वर्षअघिसम्म औसत नेपालीको स्तरअनुसार चल्दै आएको उनको जीवनचर्या पति अशोकले वैदेशिक रोजगारीमा जाने निर्णय गरेपछि बिथोलिएको छ।

दस जोड दुईसम्मको अध्ययन गरेका उनका पति अशोक दलालको प्रलोभनमा पर्दा यतिखेर पुरै परिवार तनावमा छ । बेलायतमा रोजगारी दिलाइदिने प्रलोभनमा दलालले खाइदिएको २० लाख रुपैयाँ कसरी उठाउने भन्ने समस्यामा उनीहरू छन्। ‘दलालले खाइदिएको २० लाख रुपैयाँ उठाउने आशाले कहिले प्रहरी, कहिले वैदेशिक रोजगार विभाग अनि कहिले पत्रकारलाई भेट्ने गरेका छौं,’ तिम्सिनाले नागरिकसँग भनिन्, ‘तर डुबेको रकम उठ्ला जस्तो छैन।’  

वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगारीका नाममा कसैले ठगी गरे पीडितले बिगोको डेढ गुनासम्म क्षतिपूर्ति पाउने व्यवस्था छ। सरसर्ती हेर्दा अशोकको घटनामा पनि २० लाख रूपैयाँ लिएर बेलायत पठाउन नसक्ने दलालसँग ३० लाख रुपैयाँ असुल हुनुपर्ने हो। तर दलालले निकै चलाखीपूर्ण तरिकाले रकम असुल गरेकाले पीडितलाई डुबेको रकम असुल गर्न समस्या भएको छ। 

- यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले