फागुन १, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ५ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा आज बिहान काठमाडौं आएका चिनियाँ नागरिकबाट ५ किलो सुन बरामद भएको हो ।
झ्याङ ली नामक चिनियाँ नागरिकबाट सो परिणाममा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए ।