२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले फेरि लगायो ५४ चिनियाँ एपमाथि प्रतिबन्ध

२ फाल्गुन २०७८, सोमबार ०७:३५

फागुन २, काठमाडौँ । एजेन्सी । भारतले फेरि चीनमाथि ठूलो साइबर सर्जिकल स्ट्राइक गरेको छ । केन्द्र सरकारले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने ५४ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । यसमा ब्यूटी क्यामेरा र स्वीट सेल्फी एचडी जस्ता लोकप्रिय एपहरू पनि समावेश छन्।

प्रतिबन्धित एपहरूको सूचीमा सेल्फी क्यामेरा, इक्वलाइजर र बास बूस्टर, क्यामकार्ड फर सेल्सफोर्स एन्ट, आइसोल्यान्ड २ एशेज अफ टाइम लाइट, भिभा भिडियो सम्पादक, टेन्सेन्ट एक्सरिभर, ओन्मोजी चेस, ओन्मोजी एरेना, एपलक र डुअल स्पेस लाइट समावेश छन्।

इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले आफ्नो अनुसन्धानमा यी सबै एप्सले भारतीय प्रयोगकर्ताको डाटा चीन र अन्य देशमा पठाउने गरेको पाइएको थियो । यी एप्समार्फत प्रयोगकर्ताको डाटा विदेशी सर्भरमा पनि पुग्ने गरेको थियो । सरकारले गुगलको प्ले स्टोरलगायत अन्य प्लेटफर्मबाट यी एपहरू हटाउन आदेश दिएको छ ।

भारत सरकारले यसअघि २९ जुन २०२० मा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो। जुन २९, २०२० मा पहिलो डिजिटल स्ट्राइक गर्दा ५९ एपहरू प्रतिबन्धित भएका थिए। यसपछि २७ जुलाई २०२० मा ४७ एप, २ डिसेम्बर २०२० मा ११८ र नोभेम्बर २०२० मा ४३ एपमाथि प्रतिबन्ध लगाइएको थियो। सूचना प्रविधि ऐनको दफा ६९ ए अन्तर्गत सूचना प्रविधि मन्त्रालयले यी सबै एपमा प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित