२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा रहेका नेपाली भन्छन् – आत्तिनुपर्ने अवस्था छैन, स्थिति सामान्य नै छ

३ फाल्गुन २०७८, मंगलवार ०१:५२

फागुन ३, काठमाडौँ । परराष्ट्र मन्त्रालयले अहिलेसम्म एक सयभन्दा बढी नेपाली युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिएको छ । तीमध्ये थोरै विद्यार्थी र धेरै युरोप जान ट्रान्जिटका रूपमा युक्रेन छिरेका नेपालीहरू रहेको मन्त्रालयले जनाएको छ ।

युक्रेनमा कथंकदाचित आक्रमण भइहालेमा ती नेपालीहरूको उद्धार गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयको तयारीका बारेमा सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिनन्–‘अहिलेसम्म त्यहाँ रहेका कुनै नेपालीले आपत् प¥यो भनेर दूताबाससँग सहयोग मागेको छैन । आवश्यक परे यसअघि संकटग्रस्त अफगानिस्तानबाट नेपालीको उद्धार गरिए झैँ त्यहाँबाट पनि नेपालीलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था गर्नेछौँ ।’ उनले युक्रेनको घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको बताइन् ।

युक्रेनमै रहेका नेपालीहरूले पनि ​आत्तिइहाल्नुपर्ने स्थिति नरहेको बताएका छन् । विगत ४३ वर्षदेखि युक्रेनमा बस्दै आएका एक नेपाली जयन्त नेपालले पश्चिमेली सञ्चारमाध्यमहरूले हल्ला फिँजाएको जस्तो स्थिति नरहेको बताउँदै भने–‘आत्तिनुपर्ने अवस्था छैन । स्थिति सामान्य नै छ ।’

उनका अनुसार युक्रेनको राजधानी किभलगायत विभिन्न सहरमा करिब ३० परिवार नेपाली बसोबास गरिरहेका छन् भने म्यान पावरबाट युक्रेन भित्रिएकाहरूको संख्या सयको हाराहारीमा छ । 

- आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…