2026-09-19 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पहिलो पटक क्यान्सर रोग विरुद्धको औषधि (एन्टीक्यान्सर ड्रग) बजारमा

फागुन ४, काठमाडौँ । नेपालमा पहिलो पटक उत्पादन भएको क्यान्सर रोग विरुद्धको औषधि (एन्टीक्यान्सर ड्रग) बजारमा आएको छ। टिजिग फार्मा प्रालिले उत्पादन गरेको एन्टी क्यान्सरको औषधि बजारमा आएको हो।

यो सँगै टिजिग फार्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ। औषधि सार्वजनिक गर्दै टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल भित्रै बिक्री वितरण गर्न औषधि व्यवस्था विभागबाट तीन वटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको बताए। विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको उनले जानकारी दिए। 

वैद्यले आफ्नो कम्पनी क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै पहिलो भएको दाबी गरेको छन्। टिजिग फार्मा भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब (एसपीएएल) संग प्रविधि हस्तान्तरण सम्झौँता गरेर वैदेशिक लगानीका साथ स्थापना तथा सञ्चालन भएको नेपाली फर्मा कम्पनी हो।  

वैद्यले भने, ‘संस्था स्थापनामा विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन निर्देशिका, औषधि ऐन २०३५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ दफा (३) तथा विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण निर्देशिका पालना गरिएको छ र सञ्चालनमा पनि उल्लेखित सम्पूर्ण ऐन नियमहरुका पालना हुनेछ।’

टिजिगले अहिले विभागबाट २७ वटा मोलिक्युलका लागि उत्पादन स्वीकृति पाइसकेको छ। जसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन्। यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी वैद्यले जानकारी दिए। उनले अहिले बजारमा जाने उत्पादनहरु ट्याब्लेट र क्याप्सुलको बनोटमा रहेको बताए। इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने उनको योजना छ।   

‘अहिले हामी मुखबाट खान मिल्ने औषधि अर्थात ट्याब्लेट र क्याप्सुल बनोटमा पठाएका छौँ। हामी यति मै खुम्चिने होइन। इन्जेक्सन स्वरुपमा पनि जानेछौँ। केही समय लाग्ला। तर त्यो अझ एडभान्स लेभलमा हुनेछ।’ उनले भने। 

टिजिग फार्माबाट उत्पादन हुने एन्टी क्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने पनि उनले बताए। नेपालमै औषधि उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धता समेत हुने उनले बताए। कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक एवं क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेलले क्यान्सर रोग विरुद्धको औषधि नेपालमै उत्पादन हुनु खुशीको कुरा भएपनि गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए। 

क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले टिजिगले उत्पादन गरेका सबै औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले यसले स्वदेशी उद्योगको औषधिमा आत्मनिर्भरता हुनुपर्छ भन्ने नीतिमा बलियो आधार बनाएको बताए। औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले उत्पादित औषधिको गुणस्तरमा ध्यान दिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो