२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुस्टर डोज लगाउनुअघि बुझ्नुपर्ने कुराहरु

२०७८, ४ फाल्गुन बुधबार ०९:५०

फागुन ४, काठमाडौँ । कोरोनाको तेस्रो लहरबाट जोगिन अहिले बुस्टर डोज लगाउने क्रम जारी छ । कोरोनाविरुद्धको भ्याक्सिनको दुवै डोज लिइसकेकाहरुलाई यो बुस्टर डोज दिइँदै छ । यद्यपि अहिले ६० वर्ष कटेका, हेल्थ केयर तथा फ्रन्टलाइन वर्कर्सलाई मात्र यो बुस्टर डोज उपलब्ध छ । बुस्टर डोज लगाउनेहरुले केही कुरामा ध्यान दिन जरुरी छ । बुस्टर डोज लिँदा भ्याक्सिनको दोस्रो डोज र बुस्टर डोजबीच ९ महिनाको फरक हुनुपर्छ ।

किन जरुरी छ बुस्टर डोज ?

अनुसन्धानहरुका अनुसार बुस्टर डोजले एन्टिबडीको लेबल बढाउँछ भने बुस्टर डोजपछि इम्युनिटी पहिलेको तुलनामा अझ मजबुत हुन्छ । तर यसको अर्थ कोरोनाको जोखिम समाप्त हुन्छ भन्ने होइन । तैपनि बुस्टर डोजले कोरोनाक‍ो नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम निकै कम गर्छ ।

कसले पाउनेछन बुस्टर डोज ?

बुस्टर डोज हाललाई हेल्थ वर्कर तथा फ्रन्टलाइन वर्करलाई दिइएको छ जसले कोरोनाविरुद्धको दुवै डोज भ्याक्सिन लगाइसकेका छन् । यसैगरी ६० वर्ष कटेका, दीर्घरोगीहरु पनि बुस्टर डोजक‍ो प्राथमिकतामा छन् ।

कुन भ्याक्सिनमा कुन बुस्टर डोज ?

अहिले पहिले जुन भ्याक्सिनको दुई डोज लगाएको त्यही भ्याक्सिन बुस्टर डोजका रुपमा लगाइँदै छ । यदि पहिले कोभिसिल्डको दुई डोज लगाइएको छ भने बुस्टर डोजका रुपमा कोभिसिल्ड खोप नै लगाइन्छ ।

कति दिनपछि लगाउने बुस्टर डोज ?

कोरोनाविरुद्धको खोपको दोस्रो डोज र बुस्टर डोजबीच ३९ साता अथवा ९ महिनाको अन्तर हुन जरुरी छ ।

कुन रोगका बिरामीले लिन हुन्छ बुस्टर डोज ?

कुनै गम्भीर रोगका पीडित भए पनि बुस्टर डोज लिन सकिन्छ । कार्डियोभास्कुलर डिजिज, स्टेम सेल ट्रान्सप्लान्ट रेसिपिएन्ट, क्यान्सर, सिकल सेल, डाइबिटिज, किड्नी डिजिज आदिका पीडितले बुस्टर डोज लगाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै