डा. राजेन्द्र भद्रा ।

म ३० वर्षीय पुरुष हुँ । मेरो विवाह भएको पाँच वर्षसम्म सन्तान भएनन् । हाम्रो चेकअप ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डा. राजेन्द्र भद्रा ।

म ३० वर्षीय पुरुष हुँ । मेरो विवाह भएको पाँच वर्षसम्म सन्तान भएनन् । हाम्रो चेकअप ग"/>

२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

के महिनावारी हुन दुई दिन बाँकी छँदा पनि गर्भ रहन सक्छ ?

११ भाद्र २०७३, शनिबार ०६:१२

डा. राजेन्द्र भद्रा ।

म ३० वर्षीय पुरुष हुँ । मेरो विवाह भएको पाँच वर्षसम्म सन्तान भएनन् । हाम्रो चेकअप गराउँदा श्रीमान्–श्रीमती दुवैमा कमजोरी देखिएन, बरु श्रीमान्–श्रीमती लामो समयसम्म सँगै नबसेकाले यस्तो भएको भन्ने जवाफ पायौं । मलेसियाबाट आएको दिन श्रीमतीलाई काठमाडौं बोलाएर म आउँदाको दुई दिनपछि महिनावारी हुने बेला हो भनेर श्रीमतीले भनेकी थिइन् र हामी दुईबीच यौनसम्पर्क पनि भयो । 

त्यसको १५ दिनपछि चेकअप गराउन जाँदा डाक्टरले गर्भ रहेको जानकारी दिनुभयो र हामी खुसी भयौं । अहिले हाम्री छोरी पनि छिन् । के महिनावारी हुन दुई दिन बाँकी छँदा पनि गर्भ रहन सक्छ ? मलाई यो कुराले सोच्न बाध्य बनाएको छ तर यो कुरा न त श्रीमतीसँग न घर–परिवारसँग गर्न सक्छु किनभने म हाम्रो दाम्पत्य जीवन नबिग्रियोस् भन्ने चाहन्छु ।

यद्यपि कहिलेकाकाहीं त यो बच्चा मेरो होइन कि जस्तो पनि लाग्छ । म असार १७ मा नेपाल आएको र हाम्रो बच्चा फागुन २५ मा भएको हो । कृपया शंका निवारण गरिदिए म आभारी हुने थिएँ ।

गर्भ रहने सम्भावना 

कतिपय स्थितीमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं यस्तो हुँदैन । गर्भ रहनका लागि सबैभन्दा पहिले शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय हुनु आवश्यक छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । 

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीट ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित समय मानिन्छ । सामान्यत: महिनावारी सुरु भएको आठौं दिन यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ ।

नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा यस्तै ८० प्रतिशत पुग्छ, तर महिनावारी ठीक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही फरक पर्न सक्छ । 

गर्भको समय कति हुन्छ ? 

शिशु जन्ममितिको अनुमान गर्दा विभिन्न विधि प्रयोग गरिन्छ । एक त डिम्ब निषेचन भएको मिति हेर्ने हो । समान्य अवस्थामा यो त्यति सजिलो हुँदैन । अहिले चिकित्सा प्रविधि प्रयोग गरेर डिम्ब निष्कासन भएको सही समय थाहा पाउन सकिने भए पनि सामान्य महिलालाई यो सजिलो छैन । महिनावारीको बीचमा पेट दुख्नु नै डिम्ब निष्कासनको लक्षण हुन सक्छ । 

यस्तो पीडा छोटो तथा तीव्र पनि हुन सक्छ भने लामो । यो पीडा सामान्यत: महिनावारीमा हुने पीडाभन्दा केही फरक हुन्छ । यो पेटको एकातिर मात्र दुख्छ । यो अकस्मात् दुख्छ । पीडा तीखो किसिमको हुन्छ । सामान्यत: केही मिनेटमात्र पीडा हुन्छ भने कसैलाई यस्तो केही घण्टा वा एक दिनसम्म पनि हुन्छ, जुन डिम्बाशयबाट डिम्ब निस्किएको हो, पेटको त्यतैतिर दुख्छ । यस्तो पीडा भएको यस्तै दुई हप्ता (१४ दिन) पछि अर्को महिनावारी सुरु हुन्छ ।

धेरैजसो स्थितिमा अन्तिम महिनावारीको मितिलाई आधार बनाएर शिशु जन्मने मिति निक्र्योल गरिन्छ । सामान्यत: २८ दिनको महिनावारी हुने महिलामा यो यस्तै १४ औं दिन तिर हुन्छ, तर वास्तवमा डिम्ब निष्कासन भएपछि १४ दिनमा महिनावारी हुन्छ, न कि महिनावारी भएको १४ दिनमा डिम्ब निष्कासन ।

त्यसैले महिनावारी नियमित नहुने महिलामा डिम्ब निष्कासन हुने दिन केही फरक पर्न सक्छ भन्ने हेक्का राख्नुपर्छ । तपाईंकी श्रीमतीको महिनावारीको नियमितताका बारेमा तपाईंले केही नभन्नु भएकाले यसै भन्न सकिने स्थिति भएन र नियमित भए पनि विभिन्न शारीरिक वा मानसिक स्थितिमा यो समयमा केही फरक पर्न सक्छ । 

सामान्यत: गर्भ ३७ हप्ता देखि ४२ हप्ता सम्म हुँदा जन्मिए त्यसलाई सामान्य भनिन्छ । अझै भन्ने हो भने ३९ देखि ४१ हप्ताको गर्भलाई जनाउँछ । ३७ हप्ताभन्दा पहिले जन्मनुलाई समयभन्दा चाँडो जन्मिएको भनिन्छ । यस्तो स्थितिमा शिशुको पूर्ण विकास भैसकेको हुँदैन ।

एक अध्ययनअनुसार यस्तै ४ दशमलव ५ प्रतिशत शिशु ३७ हप्ताभन्दा चाँडो जन्मन्छन् भने यस्तो ६ दशमलव ५ प्रतिशत ३७ हप्तामा, १३ दशमलव ५ प्रतिशत ३८ हप्तामा, २५ दशमलव ७ प्रतिशत ३९ हप्तामा तथा ३१ दशमलव ६ प्रतिशत ४० हप्तामा जन्मन्छन् । 

बाँकी त्यसभन्दा पनि पछि जन्मन्छन् । तपाईंको सन्दर्भमा यौनसम्पर्कको हाराहारीमै गर्भ रहेको भए यस्तै चैत ११ गते हुनुपथ्र्यो । अब तपाईंलाई थाहै भयो होला कि कतिपय शिशु समयभन्दा केही चाँडो जन्मन्छन् ।

समस्या के हो ? 

तपाईंको मनमा यो बच्चा मेरो होइन कि भन्ने कुरा आउनु नै अहिलेको मुख्य समस्या हो । तपार्इंले महिनावारीको अनुमानित समय फरक पर्नु, शिशु जन्मने समय केही चाँडो हुनु जस्ता कुरालाई मात्र लिएर यसरी शंका गर्नुपर्ने आधार देखिँदैन । 

तपाईंसँग त्यस्तो शंका गर्नुपर्ने अन्य आधार भए कुरा अर्कै भयो, तर तपाईंले त्यस्तो कुनै पनि कुरा लेख्नुभएको छैन । त्यस्तो कुनै आधार भए लेख्नुहोला र त्यसको समाधान गर्ने प्रयास गरौंला ।

तपाईं लामो समयसम्म बाहिर बसेका कारण पनि अनावश्यक रूपमा शंका–उपशंकाले घेरेको हुन सक्छ । अनावश्यक रूपमा मनमा शंका–उपशंका लिएर सुखमय पारिवारिक जीवनमा विष घोलेर आफैंले बर्बाद गर्नु बुद्धिमानी होइन । बरु श्रीमती र शिशुको हेरचाहमा ध्यान लगाउन सके जीवन अझ रमाइलो एवं सुखमय हुन्छ । स्रोत: साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य