२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह समारोहमा इनारको स्ल्याब भाँचिएर १३ जनाको मृत्यु

५ फाल्गुन २०७८, बिहीबार ०६:३१

फागुन ५, काठमाडौँ ।भारतको उत्तर प्रदेशको कुशीनगरमा इनारमा राखिएको स्ल्याब भाँचिएर १३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा महिला र बालिका रहेका छन् । कुशीनगरको नौरङ्गियामा विवाह समारोहका लागि भेला भएका यी व्यक्ति इनारमा राखिएको स्ल्याबमा बसेका थिए । स्ल्याब भाँचिएर सबै इनारमा खसेरका थिए। उक्त घटनामा मृत्यु हुनेमा दुई महिला र ११ बालिका रहेका छन् ।

यस दुर्घटनाको जानकारी दिँदै गोरखपुर रेन्जका एडीजी अखिल कुमारले भने, ‘गाउँमा परमेश्वर कुशवाहा को घरमा विवाहको कार्यक्रम थियो। गाउँका महिलाहरू इनारमा पूजा गर्न भेला भएका थिए। करिब साढे आठ बजे दु:खद घटना भएको हो।' इनारको स्ल्याब फुटेर माथि रहेका सबै मानिस इनारमा खसेको उनले बताए। स्थानीयले सकेसम्म धेरैलाई बाहिर निकालेर तुरुन्त अस्पताल पुर्याएका थिए। 

प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई/दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् भने घाइतेलाई ५०–५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।  

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मोदीले भने, ‘उत्तर प्रदेशको कुशीनगरमा भएको दुर्घटना हृदयविदारक छ । यस घटनामा ज्यान गुमाउनेहरूका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु, स्थानीय प्रशासनले सक्दो सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…