२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइदै

२०७८, ५ फाल्गुन बिहीबार ०९:०४

फागुन ५, बलेवा । जिल्लामा १३औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२औं पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३औँ पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम सञ्चालनका लागि बागलुङका सरोकारवालासँग समीक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको छ । जिल्लाका दशवटै स्थानीय तहले फागुनको १५ गतेदेखि अभियानअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएका छन् ।

हात्तीपाइलेको प्रारम्भिक खोजीका क्रममा जाँच गरिएकामध्ये २.४६ प्रतिशतमा सङ्क्रमण देखिएकाले आम औषधि सेवन अभियान १३औँ पटक सञ्चालन गर्नुपरेको हो । २०७७ माघ महिनामा आम औषधि सेवन अभियान सञ्चालन पूर्व गरिएको परीक्षणमा १० जनामा पुनः सङ्क्रमण देखिएको थियो । त्यसयता गत चैतमा एक पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको छ । 

इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सङ्क्रमितको दर २ प्रतिशतभन्दा कम नआएमा लगातार दुई वर्ष आम औषधि सेवन अभियान सञ्चालन गरेर औषधि खानुपर्छ । बागलुङ नगरपालिका–१४ को नारायणस्थानमा ८ जना र कुश्मीशेरामा दुई जनामा सङ्क्रमण फेला परेको थियो । दुवै ठाउँमा तीनसय जनामा परीक्षण गरिएको थियो ।

आम औषधि सेवन कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुनेछ । परीक्षण गरिएकामध्ये दुई प्रतिशतभन्दा कम मानिसमा सङ्क्रमण देखिएको अवस्थामा मात्रै यो आम औषधि खाने अभियान सञ्चालन गर्नु नपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । एकजना मात्रै सङ्क्रमित औषधि खानबाट छुट्दा मात्रै जिल्लाभर नै आम औषधि अभियान सञ्चालन गर्नुपर्ने अवस्था आउने भन्दै गुरौले सबै नागरिकलाई औषधि खान आग्रह गर्नुभयो ।

गोष्ठीमा सहभागी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका प्रमुखले सङ्क्रमण देखिएको क्षेत्रमा मात्रै आम औषधि सेवन अभियान चलाउने वा सबै स्थानीय तहमा जाँचको व्यवस्था गर्न माग गरेका थिए । ‘हामीले आम औषधि सेवन चलाउदा समाजमा जानेबुझेका शिक्षकनै औषधि खान मान्नुहुन्न, हाम्रोमा जाँच भएको होइन हामीले किन खाने भन्नुहुन्छ ?’ गलकोट नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख मीरा शर्माले भन्नुभयो, “पटक–पटक सञ्चालन भएको अभियानमा स्वास्थ्यकर्मीलाई असहज भइरहेको छ ।” 

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका अनुसार पाँच वर्ष लगातार सबै नागरिकले आम औषधि सेवन अभियानमा सहभागी हुँदा छैटौं पटक औषधि खानुपर्दैन । तर अभियानमा सबै सहभागी नहुँदा पटक–पटक अभियान सञ्चालन गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने