फागुन ६, काठमाडौँ । ओमानमा जारी टी २० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानसँग खराब सुरूआत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १८ ओभरमा ७ विकेट गुमाउँदै ९१ रन बनाएर खेलिरहेको छ।
नेपालका आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, विवेक यादव र कमल सिंह ऐरी आउट भए।
पहिलो ओभरमै ओपनर आशिफ शेखलाई ४ रनमा गुमाएको नेपालका अर्का ओपनर कुशल भुर्तेल ५ रनमा गुमायो। केही सम्हालिएर खेल्दै गरेका ज्ञानेन्द्र मल्लले १५ रन बनाए भने ऐरीले ११ रन जोडे।
यसपछि नेपाली इनिङ्स उकास्दै गरेका लोकेश बम व्यक्तिगत १६ रन बनाएर आउट भए। १६ औं ओभरको अन्तिम बलमा विवेक यादव ७ रन बनाएर आउट भए। यस्तै कमल सिंह ऐरीले १ रन बनाएर आउट भए।
अहिले क्रिजमा कप्तान सन्दिप लामिछाने र आरिफ शेख छन्।
यो प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।
सोही प्रदर्शन दोहोर्याउने रणनीतिमा हुने छ । आजको खेलमा शरद भेषावकर, गुल्सन झा र सागर ढकाललाई बाहिर राखिएको छ।