2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्टिबायोटिकको दुरुपयोग नगर्न औषधी व्यवसायीहरूलाई आग्रह

फागुन ८, काठमाडौँ । फर्मासिस्टहरूले आफ्नो क्षणिक लाभका लागि जथाभाबी एन्टिबायोटिकको दुरुपयोग गर्न नहुने औषधी व्यवस्था विभागका वरिष्ठ औषधी व्यवस्थापक सन्तोष केसीले बताए।

नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको प्रथम तथा द्धितीय साधारणसभामा बोल्दै उनले पछिल्लो समय नेपालमा एन्टिबायोटिक औषधीहरू मनपरी चिकित्सकको परामर्शबिना बिक्री–वितरण भइरहेको र यसले बिरामीको स्वास्थ्यमा निकै खेलबाड गरेको बताए। उनले एन्टिबायोटिकको दुरुपयोग नगर्न औषधी व्यवसायीहरूलाई आग्रह गरेका छन्।

व्यक्तिहरू आफूमा समस्या देखा परे अस्पतालभन्दा पहिले औषधी पसल गएर सल्लाह लिने गरेकाले यस्तो संवेदनशील व्यवसायले मर्यादा भुल्न नहुने उनको भनाइ थियो। पछिल्लो समयमा बढ्दो व्यवसायीका कारण बढेको आपसी प्रतिस्पर्धाको दौरान कतिपयले व्यवसायी मर्यादा नै भुलेर काम गरिरहेकाले त्यो गलत भएको उनले बताए। नेपालमा पछिल्लो समय फार्मेसीहरूको संख्या बढ्दै गए पनि दक्ष जनशक्तिको संख्या भने नबढेकाले फार्मेसी खोल्ने कार्यलाई अब नियन्त्रण गर्नुपर्ने उनले बताए।

समारोहमा बोल्दै काठमाडौँ जिल्ला शाखाका अध्यक्ष बद्री प्रसाद श्रेष्ठले भने, शाखाले उचित एवम् समान मूल्यमै जनसुरक्षित औषधीहरू सहज रूपमा उपलब्ध गराउँदै आएको बताए। पछिल्लो समय औषधी बजारमा बढेको विकृति र विसंगतिप्रति आफुहरू सचेत रहेको उनको भनाइ  थियो।

यसैगरी, जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले औषधी व्यवसायले मानव जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने जनाउँदै यस परिवेशमा संघ नेतृत्वले संस्थागत विकास, व्यवसायिक समस्याको समाधान र प्रभावकारी सामाजिक उत्तरदायित्वका कार्यहरू सम्पादन गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो