२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही

२०७८, ९ फाल्गुन सोमबार ०३:१८

फागुन ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी प्रथम वर्षको ल अफ कन्ट्र्याक्ट’ (३०५) विषयको परीक्षा सञ्चालन गरेको थियो । पाठ्यक्रमअनुसार यो विषयको सय पूर्णाङ्कमा परीक्षा सञ्चालन गर्नुपर्छ । समय तीन घण्टा दिनुपर्छ तर परीक्षार्थीलाई वितरण गरिएको प्रश्नपत्रमा ५० पूर्णाङ्क मात्रै छ । समय पनि डेढ घण्टा मात्रै लेखिएको छ । प्रश्नपत्रमा सातवटा प्रश्न सोधिएको छ तर तीनवटा मात्रै हल गर्न भनिएको छ । पूर्णाङ्क ५० लेखिए पनि उत्तीर्णाङ्क तोकिएको छैन ।

प्रश्नपत्रमा समस्या देखेपछि प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस केन्द्रबाट परीक्षा दिएका परीक्षार्थीहरूले विरोध गरेका थिए । क्याम्पसका एक प्राध्यापकका अनुसार केही परीक्षार्थीले प्रश्नपत्र च्यात्दै अरूलाई पनि परीक्षा नदिन हौस्याएका थिए । तर तत्काल क्याम्पस प्रशासनले त्यसो नगर्न अनुरोध गर्दै यसबारे परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराएको थियो । पनिकाले पनि तत्कालै परीक्षा स्थगित गर्नुको सट्टा प्रश्नपत्रमा सोधिएका सातवटामध्ये पाँचवटा प्रश्नको समाधान गर्न लगाउने र परीक्षार्थीले चाहेको अवस्थामा तीन घण्टा नै समय उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई निर्देशन दिएको थियो । 

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म