२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही

९ फाल्गुन २०७८, सोमबार ०३:१८

फागुन ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी प्रथम वर्षको ल अफ कन्ट्र्याक्ट’ (३०५) विषयको परीक्षा सञ्चालन गरेको थियो । पाठ्यक्रमअनुसार यो विषयको सय पूर्णाङ्कमा परीक्षा सञ्चालन गर्नुपर्छ । समय तीन घण्टा दिनुपर्छ तर परीक्षार्थीलाई वितरण गरिएको प्रश्नपत्रमा ५० पूर्णाङ्क मात्रै छ । समय पनि डेढ घण्टा मात्रै लेखिएको छ । प्रश्नपत्रमा सातवटा प्रश्न सोधिएको छ तर तीनवटा मात्रै हल गर्न भनिएको छ । पूर्णाङ्क ५० लेखिए पनि उत्तीर्णाङ्क तोकिएको छैन ।

प्रश्नपत्रमा समस्या देखेपछि प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस केन्द्रबाट परीक्षा दिएका परीक्षार्थीहरूले विरोध गरेका थिए । क्याम्पसका एक प्राध्यापकका अनुसार केही परीक्षार्थीले प्रश्नपत्र च्यात्दै अरूलाई पनि परीक्षा नदिन हौस्याएका थिए । तर तत्काल क्याम्पस प्रशासनले त्यसो नगर्न अनुरोध गर्दै यसबारे परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराएको थियो । पनिकाले पनि तत्कालै परीक्षा स्थगित गर्नुको सट्टा प्रश्नपत्रमा सोधिएका सातवटामध्ये पाँचवटा प्रश्नको समाधान गर्न लगाउने र परीक्षार्थीले चाहेको अवस्थामा तीन घण्टा नै समय उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई निर्देशन दिएको थियो । 

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार