२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुको प्रवेश खुला, यी शर्त यात्रुले पूरा गर्नुपर्

९ फाल्गुन २०७८, सोमबार ०६:२२

फागुन ९, काठमाडौँ । अस्ट्रेलियाले झण्डै दुई वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमा खुला गरेको छ। कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रुको प्रवेशमा रोक लगाउँदै आएको थियो। अस्ट्रेलियाले सन् २०२० को मार्चदेखि यात्रा प्रतिबन्ध लगाएको थियो।

तर सोमबारदेखि अन्तर्राष्ट्रिय यात्रु अस्ट्रेलिया प्रवेश गर्न पाएका छन्। सोमबार सिड्नी विमानस्थलमा सयौँ अन्तर्राष्ट्रिय यात्रु आएका छन्। झण्डै दुई वर्षपछि कतिपय परिवारका सदस्यबीच पुनर्मिलन भएको छ।

अस्ट्रेलियन तथा केही अरुलाई गएको वर्षको अन्त्यतिरदेखि अस्ट्रेलिया प्रवेश खुला गरिएको थियो। तर अधिकांश विदेशीहरुलाई भने यात्रा प्रतिबन्ध कायम थियो। अन्तर्राष्ट्रिय सीमा खुला भएसँगै अस्ट्रेलियाको पर्यटन व्यवसाय पनि फस्टाउने अपेक्षा गरिएको छ।

अस्ट्रेलियाको नयाँ नियमअनुसार कोरोना भाइरसको पूर्ण मात्रा लगाएकाहरु क्वारेन्टिनमा बस्नु पर्दैन। तर खोप नलगाएकाहरु आफ्नै खर्चमा १४ दिनसम्म होटल क्वारेन्टिनमा बस्नु पर्नेछ।

सोमबार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुनेछन्। अस्ट्रेलियाको पश्चिमी क्षेत्रबाहेकमा यात्रु प्रवेश गर्न पाउने छन्। पश्चिम अस्ट्रेलिया प्रवेशका लागि खोपको बुस्टर मात्रा पनि लगाएको हुनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…