२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुको प्रवेश खुला, यी शर्त यात्रुले पूरा गर्नुपर्

९ फाल्गुन २०७८, सोमबार ०६:२२

फागुन ९, काठमाडौँ । अस्ट्रेलियाले झण्डै दुई वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमा खुला गरेको छ। कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रुको प्रवेशमा रोक लगाउँदै आएको थियो। अस्ट्रेलियाले सन् २०२० को मार्चदेखि यात्रा प्रतिबन्ध लगाएको थियो।

तर सोमबारदेखि अन्तर्राष्ट्रिय यात्रु अस्ट्रेलिया प्रवेश गर्न पाएका छन्। सोमबार सिड्नी विमानस्थलमा सयौँ अन्तर्राष्ट्रिय यात्रु आएका छन्। झण्डै दुई वर्षपछि कतिपय परिवारका सदस्यबीच पुनर्मिलन भएको छ।

अस्ट्रेलियन तथा केही अरुलाई गएको वर्षको अन्त्यतिरदेखि अस्ट्रेलिया प्रवेश खुला गरिएको थियो। तर अधिकांश विदेशीहरुलाई भने यात्रा प्रतिबन्ध कायम थियो। अन्तर्राष्ट्रिय सीमा खुला भएसँगै अस्ट्रेलियाको पर्यटन व्यवसाय पनि फस्टाउने अपेक्षा गरिएको छ।

अस्ट्रेलियाको नयाँ नियमअनुसार कोरोना भाइरसको पूर्ण मात्रा लगाएकाहरु क्वारेन्टिनमा बस्नु पर्दैन। तर खोप नलगाएकाहरु आफ्नै खर्चमा १४ दिनसम्म होटल क्वारेन्टिनमा बस्नु पर्नेछ।

सोमबार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुनेछन्। अस्ट्रेलियाको पश्चिमी क्षेत्रबाहेकमा यात्रु प्रवेश गर्न पाउने छन्। पश्चिम अस्ट्रेलिया प्रवेशका लागि खोपको बुस्टर मात्रा पनि लगाएको हुनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै