2026-07-25 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन गेम लतको कारण भारतमा १४ वर्षीयद्वारा आत्महत्या

फागुन ९, काठमाडौँ । अनलाइन गेमको लतका कारण भारतमा एक बालकले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । भारतीय सहर मुम्बई शहरका एक १४ वर्षीय बालक आफ्नो कोठामा मृत फेला परेका छन् ।

मुम्बईको भोइवाडामा बस्ने ती बालक पढाइमा निकै बुद्धिमान भएको र घटनाका बेला उनको साथबाट कुनै सुसाइड नोट फेला परेको बताइएको छ। प्रहरी अनुसन्धानले ती किशोरलाई अनलाइन गेम खेल्ने लत रहेको खुलेको छ। तर केटामा त्यस्तो लक्षण नदेखिएको उनका अभिभावक बताउँछन् ।

घटना भएको दिन उनका आमाबुवा घरबाहिर थिए। किशोरले साँझ ७ बजे बुवालाई फोन गरे तर बुवाले कुनै कारणले फोन गर्न सकेनन्। केही समयपछि बुवाले उनलाई फोन गरे तर उसले फोन उठाएन्।

घर फर्केर बालकको कोठाको ढोका ढकढकाएर हेर्दा कोठाको ढोका भित्रबाट बन्द थियो। ढोका फुटाएर हेर्दा भित्र बालक मृत अवस्थामा फेला परेका थिए। प्रहरीकाअनुसार बालकलाई रोयल ब्याटल गेम गरेना फ्री फायर खेल्ने लत लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मिडिया रिपोर्टमा उल्लेख छ। तर, अभिभावकले बालबालिकामा यस्तो लत रहेको कुरा अस्वीकार गरेका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालकलाई अनलाइन गेम खेल्ने बानी थियो। तर उनले आत्महत्याजस्तो कदम किन उठाए भन्ने खुल्न सकेको छैन। हालसालै मात्र भारतमा अन्य खेलहरूसँगै गारेना फ्री फायरलाई पनि प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक