२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र श्रीलंका जाने बहानामा भिटिज भिसामा खाडी मुलुक जान खोज्ने ८ जना नेपालीलाई फर्कायो अध्यागमनले

१० फाल्गुन २०७८, मंगलवार ०८:०९

फागुन १०, काठमाडौँ । त्रिअवि अध्यागमन कार्यालयले विभिन्न देश हिँडेका ८ जना नेपालीलाई रोकेको छ। सोमबार  दुवइ , केन्या, कतार र  कुवेत हिँडेका ८ जना नेपालीलाई ' शंकास्पद यात्रा' भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ। 

उनीहरुले कसैले पनि  भिटिज भिसामा खाडी मुलुक जानुपर्ने उद्देश्य पुष्टि  गर्न सकेनन्। फिर्ता हुनेमध्ये केहीले भारत जाने बहानामा दुवइ छिर्न खोजेको भेटियो भने केहीले श्रीलंका जाने बहानामा खाडी मुलुक जान खोजेको भेटिएको अध्यागमनका अधिकारीले बताएका  छन्।

भारत हिँडेकी मोरङकी सुनिता कार्की, माल्दिभ्स हिँडेकी बर्दियाकी रेखा सुनुवार तिवारी,माल्दिभ्स हिँडेका अर्घाखाँचीका विशाल श्रेष्ठ, युएइ हिँडेका पाल्पाका दिप अर्याल, केन्या हिँडेका डडेल्धुराका हरिबहादुर सार्की,  भारत हिँडेका मवानपुरका रंजित ठाडा मगर, कतार हिँडेका गोरखाकी सर्मिला सिरमल र कुवेत हिँडैकी नवलपरासीकी सुष्मा राईलाई अध्यागमन कार्यालयले रोकेको हो।

कार्की,  तिवारी,मगर र राईको अनलाइनमा समेत दुवइको भिसा एक्टिभ देखिएकाले प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ। गृहमन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान कडाइ गरेपछि मानव तस्कर संजालले वैकल्पिक माध्यमबाट पठाउने प्रयास गर्दै आएका छन्।

यस्तै, श्रेष्ठ माल्दिभ्स जाने भनि आएको तर भिजिट भिसामा दुवइ जान खोजेपछि अध्यागमनले  गृह मन्त्रायको मापदण्डअनुसार आवश्यक कागजात पेश गर्न भनेको  थियो। उनले आवश्यक कागजात पेश गर्न नसकेपछि प्रस्थान अनुमति नदिएको हो।

अर्याल र  सार्कीलाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएको नदेखिपछि प्रस्थान अनुमति नदिइएको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमनका अनुसार ठाडा मगर भने आफन्त भेट्न युएइ जान लागेका तर युएइमा आफन्त रहेको यकिन व्यवहोरा खु्ल्ने कुनै कागजात पेश गर्न सकेनन्। उनी पुन: भारत जान भनी आएको तर राहदानी अनलाइनमा प्रमाणिकरण गर्दा दुवइको भिसा समेत एक्टिभ रहेको पाइएपछि प्रस्थान रोकेको हो। उनले  गृहमन्त्रालयको पत्रअनुसारको आवश्यक कागजात पनि  पेश गर्न नसकेको अध्यागमनका अधिकारीले बताएका छन्।

यस्तै, सिरमलले गृहमन्त्रालयको पत्रअनुसारको कागजात नलिइ आएको हुँदा प्रस्थान अनुमति नदिइएको अध्यागमन कार्यालयले जनाएको छ। यसअघि सोमबार अध्यागमन कार्यालयले  स्टकल्याण्ड हिँडेका भारतीय नागरिकलाई पनि यात्रा शंकास्पद भन्दै रोकेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै