२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा देश टुक्र्याउने आन्दोलन चर्किने डर, कैयौं सामाजिक संजाल, वेबसाइट र एपहरु ब्लक

१० फाल्गुन २०७८, मंगलवार ०९:३३

फागुन १०, काठमाडौं । केही दिनअघि सिख फर जस्टिस नामको संगठनले भारतका मुसलमानहरुसँग भारतलाई टुक्र्याएर छुट्टै देश ‘उर्दिस्तान’ बनाउन आह्वान गरेको छ । यसले भारतको राजनीतिमा ठूलो तरंग ल्याएको छ । भारतको सूचना तथा प्रसारण मन्त्रालयले सिख फर जस्टिस संगठनसँग जोडिएका सामाजिक संजालका अकाउन्टहरु, वेबसाइटहरु र एपहरुलाई ब्लक गर्न आदेश दिएको छ ।

मन्त्रालयले यी माध्यमबाट संगठनले अहिले चलिरहेको राज्य विधानसभा चुनाबमा कानुन व्यवस्थाको स्थिति बिगार्ने कोसिस गरेको आरोप लगाएको छ । यो सगठनलाई १९६७ मा प्रतिबन्ध लगाइएको थियो । त्यतिबेला भारतमा सिखहरुको लागि छुट्टै देश खालिस्तानको माग उत्कर्षमा थियो ।

प्रेस सूचना ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रालयले आइटी नियम अनुसार प्राप्त आपतकालीन शक्तिको प्रयोग गर्दै यो फैसला गरेको भनिएको छ । विज्ञप्तिमा जुन एपहरु, वेबसाइटहरु र सामाजिक संजाल अकाउन्ट ब्लक गरिएका छन् तिनीहरुको कन्टेन्टले देशमा साम्प्रदायिकता, वैमनस्य र पृथकतावादलाई भड्काउन सक्ने जोखिम भएको भनिएको छ । यो भारतको सम्प्रभुता, अखण्डता, देशको सुरक्षा र कानुन व्यवस्थाको स्थितिका लागि हानीकारक हुने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित