2026-09-19 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकलाई चुनौति दिन भन्दै मेटाले ल्यायो टिकटक जस्तै फिचर रिल्स

फागुन ११, काठमाडौँ । मेटाले विश्वभरका फेसबुक प्रयोगकर्ताका लागि टिकटक जस्तै फिचर रिल्स सार्वजनिक गरेको छ । जुन विश्वका १५० भन्दा बढी देशमा रहेका आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि आउन लागेको हो ।

फेसबुकमा यो फिचर ल्याउने क्रममा सामाजिक सञ्जालको महारथी कम्पनीले नयाँ एडिटिङ फिचरका साथै विज्ञापनको विकल्प समेत समावेश गरेको छ । हुन त यसमा रहेका अधिकांश फिचर यसअघि यस अघि अमेरिका सहितका ५० देशमा देशमा  उपलब्ध थिए ।

फेसबुक रिल्सका प्रयोगकर्ताले इन्स्टाग्राम रिल्समा जस्तै अन्य भिडिओलाई रिमिक्स अर्थात डोयट गर्न तथा ६० सेकेन्डसम्म लामो भिडिओ क्लिप अपलोड  गर्न सक्नेछन् । यसका साथै फेसबुक प्रयोगकर्ताले रिल्स भिडिओलाई ड्राफ्टमा सेभ गर्न समेत सक्नेछन् ।

मेटाले आगामी महिनामा नयाँ भिडिओ क्लिपिङ टुल्स समेत थप गर्नेछ । जसले क्रियटरलाई लाइभ तथा लामा भिडिओ पब्लिस गर्ने प्रयोगकर्तालाई सहज बनाउनेछ भने रेकर्डेड भिडिओहरूले केही फरक ढाँचाको अनुभव गराउनेछन् ।

मेटाले फेसबुक रिल्समा मनिटाइजेसन अर्थात विज्ञापन समेत थप गर्ने भएको छ । जसमा दुई नयाँ शैली अपनाइनेछः जसमा पहिलो फेसबुक रिल्सको तल्लो भागमा अर्ध पारदर्शी तहको रुपमा ब्यानर विज्ञापन रहनेछ ।

अर्को चाहिँ स्टाटिक स्टिकर विज्ञापन हुनेछ, यसलाई चाहिँ ‘इन-स्ट्रिम एड’ उपलब्ध भएका देशमा रहने क्रियटर आफैँले अन्यत्र राख्न सक्नेछन् । प्रयोगकर्ताले आगामी सातामा रिल्सलाई स्टोरी, वाच ट्याब लगायत फेसबुकका अन्य स्थानमा समेत शेयर गर्न सक्नेछन् ।

यहाँनिर उल्लेखनीय कुरा के छ भने कम्पनीले रिल्सको सफलता झल्काउने कुनै पनि तथ्याङ्क बाहिर ल्याएको छैन । हुन त मेटा स्न्यापच्याटको स्टोरी इन्स्टाग्राममा कपी गर्ने लगायतका कार्यमा सफल रह्यो । तर टिकटकलाई चुनौति दिन भन्दै फेसबुकले ल्याएको रिल्सको भविष्य के हुन्छ, त्यो चाहिँ अझै अनिश्चित नै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो